News Portal

यमपञ्चकको पहिलो दिन काग तिहार एवम् धन्वन्तरी जयन्ती मनाइँदै

रातोपोस्ट संवाददाता
३०४ पटक

काठमाडौँ, ६ कात्तिक । वैदिक सनातन धर्मावलम्बीहरुको महान चाड दशैं पछिको दोश्रो ठुलो चाड तिहार आजबाट सुरू भएको छ । कार्तिक कृष्ण त्रयोदशीबाट सुरु भइ कार्तिक शुक्ल द्वितीया सम्म पाँच दिन लगातार मनाईने तिहार पर्वलाइ यमपञ्चक पनि भनिन्छ । यस यमपञ्चक अन्तर्गत आज पहिलो दिन काग तिहार एवम् धन्वन्तरी जयन्ती अर्थात् धनतेरस।

आज तिहारको पहिलो दिन कार्तिक कृष्ण त्रयोदशी कागको पूजा आजा गरी मनाइँदै छ। धार्मिक मान्यता अनुसार यमराजको सन्देश बाहकको रुपमा मानिएको कागलाई आज यमदूतकै रुपमा पूजा गरेर खानेकुरा दिई पूजा गर्ने गरिन्छ । काग अत्यन्त चतुर र चलाख एवम् सर्वभक्षी प्राणी हो। कागले सबैलाई समान दृष्टिले हेर्छ भने यसले अन्न बालीमा लाग्ने कीरा-फट्याङग्राहरू खाइदिन्छ । काग यमराजको अत्यन्त प्रिय भक्त पनि हो।

आफ्नो परिवारमा कसैको मृत्यु भएको छ भने उनीहरूको सम्झना गर्दै कागलाई सन्देशवाहक पक्षीका रूपमा विभिन्न परिकार तथा मिठाइ राखिदिएर बोलाउने गरिन्छ । तिहारको दोस्रो दिनलाई कुकुर तिहार भनिन्छ । कुकुरलाई टीका र माला लगाइदिएपछि मीठा परिकार खान दिएर पूजा गरिन्छ । कुकुरलाई घरको रखवाला एवं इमानदार जनावर मानिन्छ । घरपरिवारको सुरक्षा गरेबापत कुकुरको पूजा गरिँदै आएको छ ।

तिहारको तेस्रो तथा महत्त्वपूर्ण दिन लक्ष्मीपूजा हो । गाईले परापूर्वकालदेखि नै मानिसलाई धेरै गुण लगाएबापत बिहान गाईको र साँझ धनकी देवी लक्ष्मीको पूजा गरिन्छ । कृषि व्यवसायमा गोरुले पु-याएको योगदानको कदर गर्दै तिहारको चौथो दिन गोरु एवं गोवद्र्धन पर्वतको प्रतीकको पूजा गरिन्छ । तिहारको अन्तिम दिनलाई भाइटीका भनिन्छ । भाइटीकाको दिन दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई सप्तरङ्गी टीका लगाइदिई मखमली र सयपत्री फूलको माला लगाइदिएर सगुन खान दिने प्रचलन छ ।

प्रतिकृया दिनुहोस्