News Portal

चौथो पटक म्याद थपका लागि सन्दीपलाई जिल्ला अदालतमा उपस्थित गराइँदै

रातोपोस्ट संवाददाता
२५१ पटक

काठमाडौं, ६ कार्तिक । बलात्कार आरोपमा प्रहरी हिरासतमा रहेका नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई आज जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइँदै छ ।

नाबालिगलाई​ जबरजस्ती करणी गरेको जाहेरीका आधारमा असोज २० गते पक्राउ परेका क्रिकेटर लामिछानेलाई चौथो पटक म्याद थपका लागि आज काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइने भएको हो ।

गत भदौ ५ गते १७ वर्षीय नाबालिगलाई​ जबरजस्ती करणी गरेको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा सन्दीपविरुद्ध जाहेरी परेको थियो ।

प्रतिकृया दिनुहोस्