News Portal

डेंगीका कारण पत्रकार टेकको निधन

रातोपोस्ट संवाददाता
२९६ पटक

बुटवल, ९ कार्तिक । पत्रकार टेक मास्कीको डेंगीका कारण निधन भएको छ । बुटवलका पत्रकार टेक मास्की राना दुई साताअघि डेंगी भएसँगै अस्पताल भर्ना भएका थिए ।४८ वर्षका रानाको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा निधन भएको हो ।

स्याङ्जाका रानालाई डेंगी सँगसँगै मिर्गौलामा पनि समस्या देखिएको थियो । बुटवलको रेडियो जागरणका समाचार प्रमुख रहेका रानाका तीन सन्तान छन् ।

उनले केही महिनाअघि क्यान्सरका कारण श्रीमती पनि गुमाएका थिए ।

प्रतिकृया दिनुहोस्