News Portal

जन्मदिनको अवसरमा समाजसेवी चिमरियाद्वारा शहिद तथा बेपत्ता परिवारलाई सम्मान

रातोपोस्ट संवाददाता
४७५ पटक

झापा, १७ कार्तिक । झापा मेचीनगर- १२ स्थित धाइजन चोक निवासी राजन चिमरियाले आफ्नो जन्मदिनको अवसरमा दुई पत्रकार सहित शहिद तथा बेपत्ता परिवारका सदस्यलाई सम्मान गरेका छन् ।

चिमरियाले आफ्नो ४९ औं जन्मदिनको अवसरमा बुधबार सहिद तथा बेपत्ता परिवार र पत्रकारलाई सम्मान गरेका हुन् । व्यवसायी तथा समाजसेवी चिमरियाले पत्रकारद्धय जिएन शर्मालाई नगद १५ हजार र प्रकाश उप्रेतीलाई १ थान झर्के थाल सहित खादा मालाले सम्मान गरेका हुन् ।

त्यस्तै २१ जना शहिद तथा बेपत्ता परिवारका सदस्यलाई जनही १ थान झर्के थाल सहित रुद्राक्षको माला तथा खादा लगाएर सम्मान गरिएको चिमरियाले जानकारी दिए । जन्मदिनमा गरिने फजुल खर्चलाई कटौति गर्दै मानविय क्षेत्रमा सहयोग गर्ने अभिप्रायले उनीहरुलाई सम्मान गरेको चिमरियाले जानकारी दिए ।

सुखानीस्थित सहिद पार्कमा आयोजित एक कार्यक्रमका बिच चिमरियाले सहिद तथा बेपत्ता परिवार र पत्रकारलाई सम्मान गरेका हुन् । धाइजनमा लामो सयमदेखि ऋतिका डेरि उद्योग ब्यबसाय सन्चालन गर्दै आएका चिमरियाले यस अघि पनि बिभिन्न सामाजिक क्षेत्रमा काम गरिसकेका छन् । उनले कोभिडको समयमा तथा बिभिन्न अवसरमा गरिब, अशक्त तथा असायहरुलाई सहयोग गर्दै आएका छन् ।

साथै उनले सुत्केरी पोषण बितरण, बिपन्न परिवारलाई निशुल्क स्वास्थ्य बिमा गराउनु का साथै तिन वटा सरकारी बिद्यालयमा दिवा खाजाका लागि निशुल्क दुध समेत बितरण गर्दै आएका छन् । उनले सहिदहरु बिरेन राजबंशी, नेत्र घिमिरे, रामनाथ दाहाल, कृष्ण कुइकेल, नारायण श्रेष्ठ, राजन ढुंगानालगायतको परिवारका सदस्यलाई जनही २ हजार २ सय मुल्य पर्ने कांसको थाल सहित मायाको चिनोद्धारा सम्मान गरेका हुन् ।

साथै उनले सहिद तथा बेपत्ता परिवारमध्ये बिपन्न परिवारलाई ८० हजार मूल्य पर्ने साथमा बाछिसहितको होलिस्टेन जातको गाई पनि निशुल्क प्रदान गर्ने घोषणा गरेका छन् । यो कार्य चांडै नै गर्ने उनले बताए । त्यस्तै उनले आफ्नो बैवाहिक बर्षगाठमा पनि बिपन्न परिवारलाई गाई बितरण गर्ने बताएका छन् ।

ज्ञानेन्द्र घिमिरेले संचालन गरेको कार्यक्रममा पुष्पा गुरागाईले शुभकामना मन्तव्य राखेका थिएभने सहिद नेत्र घिमिरेको परिवारकी सदस्य मेनुका घिमिरेले सहिद गित प्रस्तुत गरेकी थिइन् । उनले सहिदका परिवारसहित सहभागी ९० जनालाई सुखानी पार्क र चेप्टि फण्ड पार्क अवलोकन गराएका थिए ।

प्रतिकृया दिनुहोस्