News Portal

तामाङको नेतृत्वले काँकरभिट्टा खानेपानी दर्बिलो बनायो

रातोपोस्ट संवाददाता
५८९ पटक

झापा, २४ कार्तिक । काँकरभिट्टा खानेपानी तथा सरसफाई संस्था मेचीनगरकै दर्बिलो संस्थाको रुपमा उभिएको छ । उपभोक्तालाई सहजरुपमा स्वच्छ खानेपानी वितरण गर्दै आएको यस संस्था यहाँसम्म आइपुग्नका लागि कार्यसमितिको प्रमुख योजना नै सफलताको कडी हो ।

काँकरभिट्टा खानेपानी संस्थाले विगतमा सीमित क्षेत्रका उपभोक्तालाई लक्षित गरी खानेपानी विस्तार गरेको थियो । पछि आएर खानेपानी विस्तार योजनाले व्यापकता लिएको छ । काँकरभिट्टा, इटाभट्टा बाहुनडाँगी, ज्यामिरगढी लगायत मेचीनगरको करिब एक तिहाई भूगोलमा काँकरभिट्टा खानेपानी विस्तार भएको छ । यसको श्रेय विशेष विगतको कार्यसमितिलाई नै जान्छ । विगतका समितिले बनाएका गुरुयोजना कार्यान्वयन भएपछि काँकरभिट्टा खानेपानी एउटा दर्बिलो संस्था बनेको हो । त्यसमा पनि गोपाल तामाङको कार्यकालमा खानेपानी संस्थामा बढी योजनाहरु तर्जुमा गरी कार्यान्वयन भएको इतिहास छ । तामाङले दुई कार्यकाल अध्यक्ष बनेर जिम्मेवारी निर्वाह गरेका छन् ।

उनकै कार्यकालमा २०६४ सालमा काँकरभिट्टा खानेपानी लोडसेडिङमुक्त बनेको थियो । यसअघि लोडसेडिङका कारण नियमित पानी वितरण हुन सकेको थिएन । पानीमा लोडसेडिङ अन्त्य गरी तामाङको अगुवाईमा काँकरभिट्टा खानेपानीमा नयाँ योजना सुरुवात गरिएको थियो । त्यो हो, शहरी खानेपानी आयोजना ।

एशियन डेभलमेन्ट बैंक (एडीबी) सँग योजना सम्झौता गरी मेचीनगरको सहयोगमा आयोजना सञ्चालन गरिएको थियो । २०६९ सालमा दोस्रो शहरी खानेपानी आयोजना कार्यान्वय भएको थियो । तामाङकै कार्यकालमा २०६४ सालमा १४ किमी पाइप लाइन विस्तार गरेर दोस्रो शहरी खानेपानी आयोजनामार्फत १३५ किमी पाइप लाइन विस्तार भएको कार्यालय प्रमुख दिपक पोखरेल बताउँछन् । ३५ करोड लगानीमा सम्पन्न उक्त आयोजना नेपालमै पहिलो पटक तोकिएको समय १८ महिनामा सम्पन्न भएको थियो ।

अध्यक्ष तामाङकै कार्यकालमा योजना एकपछि अर्को कार्यान्वयन भएका छन् । वडा नं ६ र ७ को सानो क्षेत्रमा भएको खानेपानी आयोजना विस्तार गर्नुका साथै वडा नं ५ र ८ मा समेत पानी विस्तार तथा वितरण गरियो । दोस्रो साना शहरी कार्यक्रममार्फत ४ किमी सतही ढल निर्माण, यस्तै, १ हजार २८ वटा विपन्न परिवारका लागि निःशुल्क शौचालय निर्माण, ५२८ वटा धारा सहुलियतमा वितरण तामाङकै कार्यकालमा सम्पन्न भएको खानेपानी कार्यालयले जनाएको छ ।

चरम पानी अभाव भएका बेला खानेपानी आयोजना सञ्चालन गरेर तामाङ नेतृत्वको कार्यसमितिको भूमिकाले संस्थाको समग्र विकासमा ठूलो मद्दत पुगेको छ । आज तिनै योजना सम्पन्न भएपछि काँकरभिट्टा खानेपानी संस्था मेचीनगरका ठूलो संख्याका उपभोक्तालाई नियमित पानी वितरण गर्न सफल भएको छ । गोपाल तामाङ लगायतको अग्रणी भूमिका र कार्ययोजनाले खानेपानी सस्था झन् दबिलो बनेर उपभोक्तालाई सहज र सहुलियतमा पानी वितरण गर्ने ठाउँमा पुगेको स्थानीय उपभोक्ता सांगेल शेर्पाको बुझाई छ ।

तामाङ्ग अहिले थप उत्साहका साथ गठबन्धनकोतर्फबाट झापाको क्षेत्र नं १ को ‘क’मा प्रदेशसभा सदस्यका रुपमा उम्मेद्वार बनेकाछन् । एक जिज्ञासामा उनले भने- मेरो किशोरकालदेखिकै चाहाना भनेको समाजसेवा अर्थात जनसेवा नै हो आज म गठबन्धनकोतर्फबाट प्रदेशसभा सदस्यको रुपमा उम्मेद्वार बनेको छु आज म उम्मेद्वार बनेको छु भोली म जनमतको कदर गर्दै जनसेवामा जुट्ने छु ’ ।

प्रतिकृया दिनुहोस्