News Portal

झापा १ : समानुपातिक मतमा कांग्रेस अघिअघि, एमाले दोस्रो र स्वतन्त्र पार्टी तेस्रोमा

रातोपोस्ट संवाददाता
५८२ पटक

झापा, ९ मंसिर । झापा निर्वाचन क्षेत्र नं. १ अन्तर्गत समानुपातिकतर्फको मत गणना जारी छ । निर्वाचन अधिकृत टंकमणी महतका अनुसार क्षेत्र नं १ मा हालसम्म ४८ हजार ७ सय ९९ मत गणना भइ सकेको छ ।

प्राप्त पछिल्लो मतगणना अनुसार नेपाली काँग्रेस १७ हजार ११३ मत प्राप्त गर्दै अग्रस्थानमा छ । दोस्रो स्थानमा रहेको नेकपा एमालेले १४ हजार ११३ मत प्राप्त गर्दा ८ हजार ५१९ मतका साथ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थानमा छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी,१ हजार ८२० मत, मंगोल नेशनल अर्गनाइजेशन,१ हजार ५२० तथा नेकपा माआवादी केन्द्र, १ हजार २५३मतका साथ क्रमशः तेस्रो, चौथो र पाँचौ स्थानमा रहेका छन् ।

क्षेत्र नं. १ मा समानुपातिकमा कुल ८१ हजार ७६४ मत खसेको छ । प्रतिनिधि सभातर्फ निर्वाचन आयोगमा दर्ता भएका दलमध्ये प्रदेश नं १ बाट कुल ४७ दलले चुनाव चिन्ह लिएका छन् । क्षेत्रगतरुपमा देशभरबाट प्राप्त मतको आधारमा राजनीतिक दलले समानुपातिकतर्फका सांसद प्राप्त गर्ने प्रावधान रहेको छ ।

पछिल्लो मतसंख्या हेर्दा एक सांसद बराबर करिब १ लाख मत आवश्यक पर्ने देखिन्छ । तर, राजनीतिक दलले समानुपातिक सांसद प्राप्त गर्न कुल सदर मतको ३ प्रतिशत थ्रेस होल्ड पुरा गरेको हुनु पर्नेछ ।

प्रतिकृया दिनुहोस्