News Portal

इलाम-२ मा अधिकृतको हस्ताक्षर नभएको मतपत्र भेटिएपछि मतगणना स्थगित

रातोपोस्ट संवाददाता
२३७ पटक

झापा, १० मंसिर । प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर २ को अन्तिम मतगणना भइरहँदा स्थगित भएकाे छ । निर्वाचन अधिकृतको सही नभएको मतपत्र भेटिएपछि सत्ता गठबन्धन नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काका प्रतिनिधिले मतगणना स्थगित गराएका हुन् ।

गणना गर्न बाँकी रहेको १९ सय ९२ मत गणनाका क्रममा विवाद भएको थियो । पछिल्लो गणना अनुसार सुवास नेम्बाङ १ सय ३० मतले मात्रै अगाडि छन् । सत्ता गठबन्धनका दलहरुले मत गणनाप्रति विश्वास नभएको भन्दै विरोध गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस्