News Portal

  • राइजिङले गर्यो क्यान्सर पीडितलाई सहयोग

    रातोपोस्ट संवाददाता
    १३३ पटक

    मेचीनगर, १० मंसिर । राइजिङ युथ अफ मेचीनगरले बुद्धशान्ति गाउँपालिका वडा नं.५ का एक क्यान्सर पीडितलाई आर्थिक सहयोग गरेको छ । संस्थाले ३७ वर्षीय जीवन कुमार बस्नेतलाई उपचार खर्च वापत १५ हजार रुपैयाँ सहयोग प्रदान गरेको हो ।

    राइजिङ युथ अफ मेचीनगरले यो वर्षको तिहारमा देउसी भैलो कार्यक्रम आयोजना गरेको थियो । देउसीबाट संकलित केही रकम एक विरामीलाई सहयोग गर्ने घोषणा अनुरुप क्यान्सर पीडित बस्नेतलाई रकम हस्तान्तरण गरिएको संस्थाका सदस्य सञ्जय श्रेष्ठले जानकारी दिए ।

    शनिबार क्यान्सर पीडितकै घरमा पुगेर उक्त रकम संस्थाका अध्यक्ष भीम विष्ट, उपाध्यक्ष सन्तोष कार्कीसहित सदस्यहरुले हस्तान्तरण गरेका थिए । रकम हस्तान्तरण कार्यक्रममा सदस्य श्री गुप्ता, भुवन कोइराला, प्रशान्त मण्डल लगायत सहभागी थिए ।

    संस्थाले मेचीनगर तथा बुद्धशान्ति क्षेत्रलाई समेटेर सामाजिक कार्य गर्दै आएको छ । राइजीङले गत फागुनमा रक्तदान कार्यक्रम आयोजना थियो भने धुलाबारी क्षेत्रमा डस्वीन वितरण गरेको थियो । युवाहरुलाई सकारात्मक अभियानमा जोड्दै समाज परिवर्तनका लागि असल कर्म गर्न संस्था अघि बढिरहेको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)