News Portal

  • झापामा धान बोकेको ट्रयाक्टर पल्टिदा एक जनाको मृत्यु

    रातोपोस्ट संवाददाता
    ११५ पटक

    झापा, १० मंसिर । धान बोकेको ट्रयाक्टर पल्टिदा आज साँझ बिर्तामोड- ९ मा एक जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा बिर्तामोड- ९ कंचन टोलका अन्दाजी- ७२ वर्षिय बुद्धराज श्रेष्ठ रहेका छन् । साँझ ६.३० बजेतिर थ्रेसर गरेको धान बोकेर आउँदै गरेको प्र१–०१–००१ त ८४८९ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई पल्टिदा ट्रयाक्टरमा सवार धानधनी श्रेष्ठको मृत्यु भएको हो ।

    ट्रयाक्टरको ट्रलीमा राखिएको धानमाथि उनी बसेका थिए । घाइते श्रेष्ठलाई उपचारका लागि बिएण्डसी हस्पिटल लाँदालाँदै बाटैमा मृत्यु भएको स्थानीय यज्ञराज श्रेष्ठले जानकारी दिए । घटनापछि ट्रयाक्टर चालक ज्ञानबहादुर श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ । झापामा धान बोकेको ट्रयाक्टर पल्टिदा एक जनाको मृत्यु

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)