News Portal

ट्रकको ठक्करबाट चारआलीमा पैदल यात्रीको मृत्यु

रातोपोस्ट संवाददाता
२०१ पटक

झापा, १४ मंसिर । झापामा मालवाहक ट्रकको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका-१३ निवासी ७० वर्षीय जगतमान सावा रहेको प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार मेचीनगर- १३ स्थित चारआलीमा मङ्गलवार अपराह्न ४ बजेको समयमा प्रदेश १-०१-००१ ख ३८४८ नम्बरको ट्रकले पैदल यात्री वृद्ध सावालाई ठक्कर दिएको थियो ।

दुर्घटनामा परी घाइते भएका उनको उपचारको क्रममा बिएण्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो । यता इलाका प्रहरी कार्यालय धुलाबारीले ट्रक र चालक पाँचथर हिलिहाङका ३६ वर्षीय नरेन्द्रकुमार अधिकारीलाई नियन्त्रणमा लिएको छ ।

प्रतिकृया दिनुहोस्