News Portal

  • मोटरसाइकल दुर्घटना हुँदा झापामा २ जनाको मृत्यु

    रातोपोस्ट संवाददाता
    ११९ पटक

    झापा, १७ मंसिर । झापामा छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा दुई जना घाइते भएका छन्।

    शुक्रबार राति पौन १२ बजे अर्जुनधारा नगरपालिका-४ भाङबारीस्थित भित्री सडक खण्डमा लक्ष्मीपुरबाट राते खोलातर्फ जाँदै गरेको बागमती प्रदेश ०२-०१८ प ८३८५ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किँदा दुर्घटना भएको थियो।

    दुर्घटनामा परी मोटरसाइकल पाँचथर फिदिम नगरपालिका-१ निवासी ३५ वर्षीय गंगाराम काफ्लेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

    उनको टाउकोमा गम्भीर चोट लागेकोले उपचारको लागि बिर्तासिटि अस्पताल बिर्तामोड पुर्‍याउन साथ चिकित्सकले मृत घोषणा गरेका थिए। सोही मोटरसाइकलमा पछाडि सवार फिदिम- १ निवासी ४० वर्षीय मिलन बस्नेतको टाउको र शरीरको विभिन्न भागमा चोटको छ उनको बिर्तासिटि अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। मोटरसाइकल प्रहरी चौकी शनिश्चरेले नियन्त्रणमा लिएको छ।

    त्यसैगरी शुक्रबार गए राति ११ बजे मेचीनगर नगरपालिका- १० निन्दा पुलमा मोटरसाइकलको ठक्करबाट पैदल यात्री नाम, थर ,वतन नखुलेको अन्दाजी ७० वर्षीय वृद्धको मृत्यु भएको छ।

    पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र १-०१-१२ प ४३७१ नम्बरको मोटरसाइकलले उनलाई ठक्कर दिएको थियो। यता मोटरसाइकल चालक मेचीनगर-८ बस्ने ३८ वर्षीय नकुल श्रेष्ठको टाउकोमा चोट लागेको र उनको उपचार भइरहेको छ। मोटरसाइकल इलाका प्रहरी कार्यालय धुलाबारीले नियन्त्रणमा लिएको छ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)