News Portal

दीपक मनाङे नेकपा एकीकृत समाजवादीमा

रातोपोस्ट संवाददाता
१९० पटक

काठमाडौँ, १९ मंसिर । मनाङबाट गण्डकी प्रदेशसभा सदस्यमा निर्विरोध निर्वाचित भएका राजीव गुरुङ (दीपक मनाङे) नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । यसअघि नेकपा एमालेमा रहेका गुरुङ स्वतन्त्र हैसियतमा निर्वाचनमा भाग लिएका थिए ।

एमालेबाट गण्डकी प्रदेश सरकारमा मन्त्रीसमेत बनिसकेका गुरुङले आज (सोमबार) एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कृष्णकुमार श्रेष्ठ (किसान) लगायत नेताहरूसँगको सामूहिक तस्बिर सार्वजनिक गर्दै आफू उक्त पार्टीमा प्रवेश गरेको बताएका छन् । सार्वजनिक तस्बिरमा माला लगाएका मनाङे अध्यक्ष नेपालसँग हात मिलाउँदै गरेको अवस्थामा देखिएका छन् । उनले आफू उक्त पार्टीमा प्रवेश गर्नुको कारण समेत उल्लेख गर्दै विज्ञप्ति जारी गरेका छन् ।

मनाङेले आफ्नो विज्ञप्तिमा लेखेका छन्, ‘मेरो पवित्र उद्देश्यसँग मेल खाने नीति, सिद्धान्त र विचार अहिले हाम्रो देशमा रहेका राजनीतिक दलहरूमध्ये नेकपा एकीकृत समाजवादी पार्टीको रहेको र त्यसमा रहेका नेता कार्यकर्ताहरूको स्वच्छ छवि मुलुकका लागि केही गरौं भन्ने धारणा र दृष्टिकोणबाट प्रभावित भई आजैका मितिदेखि नेकपा एकीकृत समाजवादीमा आवद्ध हुँदै उक्त पार्टीको मार्गनिर्देशन अनुरुप जनसेवामा सक्रिय रहने कुरा सबैमा हार्दिक अनुरोध गर्दछु ।’

प्रतिकृया दिनुहोस्