News Portal

  • साइबर ब्यूरोको नक्कली फेसबुक पेज बनाउने पक्राउ

    रातोपोस्ट संवाददाता
    ८७ पटक

    काठमाडौं, २० मंसिर । नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोको नक्कली फेसबुक पेज बनाएको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवन रत्ननगर नगरपालिका- ५ झुवानीटोलका १८ वर्षीय किशोर रहेका छन् ।

    सर्वसाधारणलाई झुक्क्याएर ठगी गर्ने उद्देश्यले नक्कली फेसबुक पेज बनाउने कार्यमा संलग्न उनलाई जिल्ला प्रहरी कार्यालय चितवनको सहयोगमा नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोबाट खटिएको टोलीले सोमबार पक्राउ गरेको जनाएको छ ।

    उनीमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गरिरहेको पनि प्रहरीले बताएको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)