News Portal

  • मोरक्कोलाई हराउँदै तेस्रो बन्यो क्रोएसिया

    रातोपोस्ट संवाददाता
    १०३ पटक

    एज्न्सी, ३ पुस । विश्वकपको तेस्रो स्थानका लागि शनिबार राति भएको प्ले अफमा मोरक्कोलाई २–१ गोलको नतिजामा पराजित गर्दै क्रोएसियाले कास्य पदक जितेको छ। क्रोएसिया सेमिफाइनलमा अर्जेन्टिनासँग पराजित भएको थियो भने मोरक्को साविक विजेता फ्रान्ससँग स्तब्ध बनेको थियो।

    दुवै सेमिफाइनलमा पराजित भएका टिम खलिफा अन्तर्राष्ट्रिय रंगशालामा आमनेसामने हुँदा क्रोएसियाले बाजी मार्यो। जोस्को भार्डियोलले सातौं मिनेटमा गरेको गोलसँगै साविक उपविजेता क्रोएसियाले अग्रता लिएको थियो। त्यसको दुई मिनेट नबित्दै असरफ दारी गोल गर्दै अफ्रिकी मुलुक मोरक्कोलाई बराबरीमा ल्याएका थिए।

    यद्यपि, पहिलो हाफको खेल सकिन तीन मिनेट बाँकी रहँदा मिस्लाभ ओर्सिचले गोल गर्दै क्रोएसियालाई पुनः अग्रता दिलाएका थिए। निर्धारित ९० मिनेटमा सोही अग्रताको बचाउ गर्दै क्रोएसिया तेस्रो स्थान हासिल गर्न सफल भयो ।

    सन् १९९८ मा पहिलो पटक विश्वकप खेलेको क्रोएसिया पहिलो प्रयासमै तेस्रो भएको थियो। फ्रान्समा भएको त्यो विश्वकपमा तेस्रो बन्न नेदरल्यान्ड्सलाई पराजित गरेको थियो। चार वर्षअघि रुसमा भएको विश्वकपको फाइनलमा पुगेको क्रोएसिया फ्रान्ससँग पराजित हुँदा उपविजेतामा सीमित भएको थियो। मोरक्को भने विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी मुलुक हो। त्यस्तै, दक्षिण अमेरिका र युरोपेलीबाहेक तेस्रो मुलुक हो। यसअघि अमेरिका र दक्षिण कोरियाले सेमिफाइनलमा स्थान बनाएका थिए।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)