News Portal

काँकरभिट्टामा प्रधानमन्त्री कप महिला टी-२० छनोट प्रतियोगिता सुरु

रातोपोस्ट संवाददाता
३३४ पटक

झापा, २१ पुस । प्रधानमन्त्री कप १ नम्बर प्रदेशस्तरीय महिला टी-२० क्रिकेट छनोट प्रतियोगिता झापाकाे मेचीनगरमा सुरु भएको छ। मेचीनगर -६ स्थित काँकरभिट्टा माविकाे खेल मैदानमा बिहिवार प्रदेश नम्बर १ का क्रिकेट संघका काेषाअध्यक्ष विरु श्रेष्ठले प्रतियोगिताको उद्‌घाटन गरेका थिए ।

यही पुस २९ गतेदेखि प्रदेश १ को इटहरीमा हुने राष्ट्रिय प्रतियोगितामा सहभागी गराउन प्रदेशस्तरीय प्रतियोगता गरिएको हो। झापा र माेरङ जिल्ला क्रिकेट संघको आयोनामा सुरु भएको छनोट प्रतियोगिता यही २२ गतेसम्म सञ्चालन हुने छ।

प्रतियोगिता उद्‌घाटन गर्दै प्रदेश १ का क्रिकेट संघका काेषाअध्यक्ष श्रेष्ठले खेलाडी र खेल जीवनलाई निकटबाट बुझेको बताए । उनले आफ्नो कार्यकालमा प्रदेश १ का खेलाडीहरुको हकहितका लागि सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।

उद्‌घाटन खेलमा आज झापाले विजयी सुरुवात गरेको छ । मोरङलाई १ सय ४७ रनले पराजित गर्दै झापाले विजयी यात्रा सुरु गरेकाे हाे । टस जितेर पहिले ब्याटिङ गरेको झापाले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ९७ रन बनाएको थियो । जवाफि ब्याटिङ गरेको मोरङले १९.४ ओभरमा ४९ रनमा सम्पुर्ण विकेट गुमाएकाे थियाे । आजको खेलको म्यान अफदी म्याच झापाका लकिता राजवंशी भएकी छिन् । प्रतियोगितामा २ टिमकाे सहभागीता रहेकाे छ ।

प्रतिकृया दिनुहोस्