News Portal

  • प्रमुख प्रशासकीय अधिकृत राजकपुर भाेलिदेखि कार्यालय आउने

    रातोपोस्ट संवाददाता
    १८९ पटक

    झापा, २४ पुस । झापाकाे मेचीनगर नगरपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत राजकपुर चम्लागाँई भोलिदेखि नियमित कामकाजमा फर्कने भएका छन् । कार्यालयकै कामको सिलसिलामा पुस १२ गते काजमा संघीय मन्त्रालय काठमाडौं गएका चम्लागाई भोलि (पुस २५ गते )देखि कार्यालय हाजिर भएर नियमित काममा फर्किने भएका हुन ।

    कार्यालयकै कामको सिलसिलामा काठमाण्डौ आएको थिए, चम्लागाँइले भने, ‘पुस १२ गते नगरप्रमुखलाई काज स्वीकृत गराएर हिडेको हुँ, भाेलिदेखि नगरको नियमित काममा फर्किन्छु ।’

    फेसबुकमा ‘खर्च गर्ने अधिकार स्थगन गरेको कुरा सुनेको छु,’ उनले भने , ‘त्यो कानून बिपरित छ, नगरसभाले पारित गरेको बजेट खर्च गर्ने अधिकार प्रमुख प्रशासकीय अधिकृतलाई दिनै पर्ने बाध्यकारी कानूनी प्रावधान छ । दिएको अधिकार कार्यपालिकाले फिर्ता लिने कानूनी रुपमा कहि कतै व्यवस्था छैन ।’ गैर कानूनी निर्णय गरेर आम मेचीनगरबासीलाई समस्या पार्न नहुने चम्लागाईले बताए । ‘म नगरबासीको हितमा मात्रै काम गर्छु,’ उनले भने, ‘कसैको व्यक्तिगत स्वार्थ निम्ति म नगरको सम्पत्ति दुरुपयोग हुन दिन्न ।’ यता, नगरकाे कार्यपालिका बैठकले भने प्रमुख प्रशासकीय अधिकृत चम्लागाईकाे अख्तियारी स्थगन गर्ने निर्णय गरेकाे छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)