News Portal

सुकुम्बासी बस्ती हटाउन बालेनले मागे रविको सहयोग

रातोपोस्ट संवाददाता
१४६ पटक

काठमाडौं, १२ माघ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले गृहमन्त्री रवि लामिछानेसँग भेट गरेर सुकुम्बासी बस्ती हटाउने अभियानमा सहयोग गर्न आग्रह गरेका छन्।

आज दिउँसो १२ बजे गृह मन्त्रालयमा एकीकृत बागमती सभ्यता विकास समिति र महानगरको टोली उपप्रधानमन्त्री लामिछानेलाई भेट्न गएका हुन्। भेटका अवसरमा बालेनले गत मंसिरमा सुकुम्बासी बस्ती हटाउन जाँदाको विवरण गृहमन्त्री लामिछानेलाई सुनाएका थिए।

उनले प्रहरी र प्रशासनले असहयोग गरेको पनि गुनासो गृहमन्त्रीसँग गरेका थिए। जवाफमा गृहमन्त्री लामिछानेले आवश्यकता हेरेर यसबारे निर्णय गर्ने जानकारी बालेनसहितको टोलीलाई गराएको भेटमा सहभागी एक सदस्यले जानकारी दिए।

प्रतिकृया दिनुहोस्