News Portal

प्रेमकी श्रीमतीले गरिन् धुलाबारीका अनिल भेटवालसहित १२ विरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता

रातोपोस्ट संवाददाता
३०७ पटक

काठमाडौं, १२ माघ । आत्मदाह गरेर मृत्यु भएका प्रेमप्रसाद आचार्यकी श्रीमती नानुका अधिकारीले झापा धुलाबारीका अनिल भेटवाल सहित विभिन्न १२ संस्था तथा व्यक्तिविरुद्ध किटानी उजुरी दिएकी छिन् । जिल्ला प्रहरी परिसर काठमाडौंमा उनले आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गराएकी हुन् ।

शरीरमा पेट्राेल छर्केर आत्मदाहको प्रयास गर्नुअघि प्रेमले लेखेको फेसबुक स्टाटसलाई आधार मानेर उनले जाहेरी दिएकी छिन् । स्टाटसमा प्रेमले आरोप लगाएकाहरू कसूरदार भएको दाबी गर्दै आवश्यक कानुनी कारबाहीसहित क्षतिपुर्तिको समेत माग गरेकी छिन् ।

उनले काथबोर्ड इन्टरनेसनल कलेज, सान इन्टरनेसनल कलेज, सुजुकी सोरुम, इलाम सूर्याेदय नगरपालिका–११ टेकबहादुर राईको साङपाङ डेरी, नेपाल ग्रामोध्योग कम्पनी र त्यहाँका सञ्चालक उपेन्द्र महतो एवं समताप्रसाद, गोल्यान एग्रो, अनिल बस्नेतकाे मेरो तरकारी डट कम, डाबर नेपाल प्रालि, कन्याम इन, झापा धुलाबारीका अनिल भेटवाल, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ र नेपाल सरकारमाथि जाहेरी दिएकी छिन् ।

प्रतिकृया दिनुहोस्