News Portal

  • अभिनेत्री एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

    रातोपोस्ट संवाददाता
    ६७ पटक

    काठमाडौं, १४ माघ । अभिनेत्री एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छन्। शनिबार भैरहवामा आयोजित कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले गौतमलाई प्रवेश गराएकी हुन्।

    केही चलचित्र र म्युजिक भिडियोमा अभिनय गरेकी गौतम पत्रकार ऋषि धमलाकी पत्नी हुन्। नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले एलिजाको जिम्मेवारी टुंगो नलागेको बताइन्। एलिजासँगै लुम्बिनीबाट राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा उम्मेदवार बनेका बर्दियाका राजेन्द्रवीर राय पनि नागरिक उन्मुक्तिमा प्रवेश गरेका छन्।

    उनी बैंकर तथा व्यवसायी हुन्। नागरिक उन्मुक्ति सत्ता साझेदार दल भए पनि माघ २५ गते हुने राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा गठबन्धन बाहिर गएर छुट्टै उम्मेदवारी दिएको छ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)