News Portal

  • नेवा समाज समिति मेचीनगरकाे अध्यक्षमा कमल चयन

    रातोपोस्ट संवाददाता
    ६९ पटक

    झापा, १४ माघ । नेवा समाज मेचीनगरकाे अध्यक्षमा कमल (गुभाजु) श्रेष्ठ चयन भएका छन् । नेवा समाजको शनिबार बसेको ३२ ओैँ साधारणसभाले कमल (गुभाजु) श्रेष्ठको अध्यक्षतामा दुई बर्षे कार्यकालका लागि १२ सदस्यीय नया कार्यसमिति चयन गरेको हो ।

    समितिको उपाध्यक्ष मुक्ति श्रेष्ठ, सचिवमा उषा श्रेष्ठ, सहसचिव भुवन श्रेष्ठ र कोषाध्यक्षमा प्रलाद श्रेष्ठ चयन भएका छन् । साधारण सभाले सदस्यहरुमा सुजन प्रधान, जिवन श्रेष्ठ, प्रमाेद श्रेष्ठ, दिलीप श्रेष्ठ, रश्मी श्रेष्ठ, अनिता श्रेष्ठ र पूजा श्रेष्ठ चयन गरेकाे छ ।

    समाजका उपाध्यक्ष मुक्ति श्रेष्ठकाे अध्यक्षतामा आयोजना भएको सभामा देव दबुका केन्द्रीय सचिव दिनेश शाक्यकाे प्रमुख आतिथ्यता रहेको थियो । सभामा विशिष्ट अतिथिकाे रुपमा समाजका पुर्व अध्यक्ष जगतलाल गुभाजु र गाेविनमान कुल श्रेष्ठ रहेका थिए । अन्य अतिथिहरुमा नाट्टा १ नम्वर प्रदेशका अध्यक्ष उदयकुमार श्रेष्ठ र पूर्व मेची बस व्यवसायी समितिका अध्यक्ष विष्णुकुमार श्रेष्ठ रहेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)