News Portal

झापा सिडिओसँगको सहमति पश्चात माधव झाले तोडे आमरण अनशन

रातोपोस्ट संवाददाता
१८७ पटक

झापा, १७ माघ । झापाको बिर्तामोडमा अनशनरत माधव झाले सातौं दिनमा अनशन अन्त्य गरेका छन् । उनी बिर्तामोडस्थित मुक्तिचोकमा आमरण अनशन बसेका थिए ।

आज बिहान झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले अनशन बसेका २२ वर्षीय झालाई जुस खुवाउदै अनशन तोडाएका हुन् ।

इलामका प्रेम आचार्यले आत्मदाह गरेपछि झाले बैंक तथा बित्तीय संस्थाको ज्यादती विरुद्ध आमरण अनशन बसेका थिए । उनको माग नेपाल सरकारलाई पठाउने र समाधानका लागि प्रजिअ पोखरेलले समन्वय गर्ने सहमति पछि झाले अनशन स्थगित गरेका हुन् । झाले तीन बुदे ज्ञापन पत्र प्रजिअलाई बुझाएका छन् । उक्त पत्र आजै प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय पठाइने प्रजिअ पोखरेलले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्