News Portal

काँकरभिट्टा माध्यमिक विद्यालयको ५५ ओैँ वार्षिकोत्सब सम्पन्न

रातोपोस्ट संवाददाता
२११ पटक

झापा, १८ माघ । झापाको मेचीनगरमा मंगलबार संघीय सासंद, प्रदेश सभा सदस्य, स्थानीय सरकार प्रमुख तथा उपप्रमुखलाई अभिनन्दन गरिएको छ । काँकरभिट्टा माध्यमिक विद्यालयको ५५ ओैँ वार्षिकोत्सब तथा अभिभावक समारोहको अवसरमा संघीय सासंद विश्वप्रकाश शर्मा, १ नम्वर प्रदशसभा सदस्य गोपाल तामाङ्ग, मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मीना पोखरेल उप्रेतीलाई सम्मान गरेको हो ।

कार्यक्रमको प्रमुख अतिथि समेत रहेका शर्माले प्रदेशसभा सदस्य गोपाल तामाङलाई अभिनन्दन पत्र प्रदान गरेका थिए । शर्मालाई विद्यालयका तर्फबाट प्रधानध्यापक हरिप्रसाद न्यौपाने, विद्यालय व्यवस्थापन समिति अध्यक्ष भवानी केरूङले अभिनन्दन पत्र प्रदान गरे ।

उनीहरूले शैक्षिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दैँ नगरवासीकातर्फबाट अभिनन्दन गरिएको विद्यालयले जनाएको छ । कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष बुद्धिनाथ पौडेल, पुर्व प्रधानध्यापकहरू दिलीप अधिकारी, चुडामणि बराल तुलसीप्रसाद निरौलालाई सम्मान गरिएको थियो ।

२०७८ वर्ष उत्कृष्ट सम्मानसहित शिक्षक रूमा कार्की ढकाललाई विदाई गरिएको छ । कार्यक्रममा दाताहरू चन्द्रमान श्रेष्ठ, ओजेश ओली, रोशन अग्रवाल, धनप्रसाद गुरूङ, विजय डालमियाँ, विना तामाङ, दुर्गा पुरी, मुन्ना श्रेष्ठ, धनकिरण गुरूङ, पुनम प्रधान, रोटरी क्लब अफ काँकरभिट्टा र यामप्रसाद निरौलालाई अक्षयकोषदाता सम्मान प्रदान गरिएको छ ।

२०७७ सालको कक्षा ११ र कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने सुजाता पनेरूलाई नगद ५ हजार रूपैयाँ र सम्मानपत्रसहितको धनप्रसाद गुरूङ छात्रावृति पुरस्कार प्रदान गरियो । सोहि वर्षको कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने आयुष रिजाललाई समेत नगद ५ हजार रूपैयाँसहित सम्मान पत्र प्रदान गरियो । २०७८ सालको कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने सुजाता पनेरू र कक्षा ११ मा उत्कृष्ट अंक ल्याउने समिर फूयाँललाई नगद ५ हजार रूपैयाँसहित सम्मान पत्र प्रदान गरियो ।

पुष्पा श्रेष्ठ स्मृति पुरस्कार कक्षा ४ का समीर राई र कक्षा ५ का रिया लिम्बुलाई प्रदान गरियो । पुरस्कारको राशी जनही नगद ५र५ हजार रूपैयाँ र सम्मान पत्र रहेको छ । यो पुरस्कार कक्षा १ देखि ५ सम्मका उत्कृष्ट १ र १ जना विद्यार्थी लाई प्रदान गरिन्छ ।

कक्षा ६, ७ र ९ का उत्कृष्ट १र१ जना विद्यार्थीलाई प्रदान गरिने भगिमाया ओली स्मृति पुरस्कार विवश दाहाल, शर्मिला तामाङ, युगान्त निरौला र शर्मिला तामाङले प्राप्त गरे । पुरस्कारको राशी जनही नगद ५ र ५ हजार रूपैयाँसहित सम्मान पत्र रहेको छ ।

एसईईमा सर्वोत्कृष्ट अंक ल्याउने सचिन राउत, धनमाया लामा र पिटर लिम्बुलाई पार्वति अग्रवाल स्मृति पुरस्कार प्रदान गरियो । कक्षा ८ मा उत्कृष्ट अंक ल्याउने छिरिङ भोटे, सीजा प्रधान, विवश दाहाल र साईना प्रधानलाई हर्पतलाल गीतादेवि डालमियाँ स्मृति पुरस्कार प्रदान गरियो ।

सावित्रादेवि स्मृति छात्रावृत्ति पुरस्कार एसईईमा अल्पसंख्यक विद्यार्थी हिना हेमरम र संगम चेपाङलाई जनही नगद ५ र ५ हजार रूपैयाँ र सम्मान पत्र प्रदान गरियो । नरबहादुर तामाङ स्मृति छात्रावृत्ति पुरस्कारबाट जेहेन्दार उत्कृष्ट खेलाडी रमेश रावत, प्रोत्साहन छात्रावृत्ति बुदिन हेमरम र तृष्णा अधिकारी र उत्कृष्ट कक्षा क्याप्टेन सरोज जिरेललाई प्रदान गरियो । पुरस्कारको राशी जनही नगद २५ र २५ सय र सम्मान पत्र रहेको छ ।

कार्यक्रममा साँस्कृतिक कार्यक्रम र प्रतियोगितात्मक खेलहरू प्रस्तुत गरिएको थियो । प्रमुख अतिथि शर्मा, विशिष्ट अतिथिहरू १ नम्वर प्रदेशसभा सदस्य तामाङ, नगरप्रमुख बुढाथोकी र उपप्रमुख उप्रेतीलगायत शुभकामना दिएका थिए ।

कार्यक्रममा स्काउटबाट स्वागत नृत्य तथा विद्यालय व्यवस्थापन समितिका सदस्य मानबहादुर गिरीले शब्दद्वारा स्वागत गरेकाे कार्यक्रममा सञ्चालनसहायक प्रधानाध्यापकद्वय मदन अधिकारी र सुनिता तिम्सिनाले गरेका थिए ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भवानी केरूङको सभापतित्व सम्पन्न भएकाे कार्यक्रममा हरिप्रसाद न्यौपानेले विद्यालयको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिकृया दिनुहोस्