News Portal

  • काँकरभिट्टाका प्रहरी प्रमुख ज्ञानकुमार महतोको सरुवा

    रातोपोस्ट संवाददाता
    १७५ पटक

    झापा, २० माघ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायब उपरीक्षक (डीएसपी) ज्ञानकुमार महतोको सरुवा भएको छ । डीएसपी महतोको मधेश प्रदेश प्रहरी कार्यालय अन्तरगत गम्भीर अपराध अनुसन्धान शाखा जनकपुरमा सरुवा भएको हो ।

    बिहीबार प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका १ सय ५० जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा गरेको थियो ।

    प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले ११६ जनाको सरुवा र ३४ जना डीएसपीको काज सरुवा गरेका हुन् । अब इप्रका काँकरभिट्टाको कमाण्ड समाल्न ललितपुर जिल्ला प्रहरी कार्यालयबाट डीएसपी दीपक भारती आउने भएका छन् ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)