News Portal

काँकरभिट्टामा होटल हिकोला हेरिटेजकाे वार्षिकोत्सबमा साँस्कृतिक कार्यक्रम हुने

रातोपोस्ट संवाददाता
२२७ पटक

झापा, २१ मघ । झापा मेचीनगर-६ स्थित काँकरभिट्टामा रहेकाे होटल हिकोला हेरिटेजले तेस्रो वर्ष पुरा गरेको अवसरमा सांगीतिकसहित विभिन्न कार्यक्रम आयोजना गर्ने भएको छ ।

शनिबार काँकरभिट्टामा होटल हेरिटेजलले पत्रकार सम्मलेन गरेर माघ २६ गतेदेखि २८ गतेसम्म सांगीतिकसहित विभिन्न कार्यक्रम आयोजना गर्ने जनाएको हो । कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकारहरुकाे समेत प्रस्तुति रहने छ ।

होटल हिकोला हेरिटेजका प्रवन्ध निर्देशक देवीभक्त श्रेष्ठले तीन दिनसम्म होटलको वार्षिकोत्सव मनाइने बताए । ७६ साल माघ २६ गते प्रदेश १ सरकारका मुख्यमन्त्री शेरधन राईले सो होटलको उद्घाटन गरेका थिए ।

होटल स्थापना अर्थात माघ २६ गतेका दिन नेपाल भित्रिने पर्यटकलाई सीमा नाकामा पुगेर स्वागत गर्ने कार्यक्रम राखिएको होटलका प्रवन्धक गौरव श्रेष्ठले बताए । कार्यक्रममा जातिय संस्कृति झल्किने सांस्कृतिक नृत्य पनि प्रस्तुत गरिनेछ ।

साहित्य चौतारीका कलाकर्मीले पनि आफ्नो प्रस्तुति राख्ने मासिक सांगीतिक काव्यसभाकी संयोजन सुनिता तामाङले बताइन् ।

काँकरभिट्टामा लाखौँ रुपैयाँको लगानीमा होटल हिकोला हेरिटेज स्थापना भएको केही समयमा कोरोना संक्रमण सुरु भएको थियो । छिमेकी मित्रराष्ट्र भारत लगायतका मुलुकबाट पर्यटक आगमनदर शून्य हुँदा पनि व्यवसायलाई टिकाइराखेको प्रवन्धक श्रेष्ठको भनाई छ ।

प्रतिकृया दिनुहोस्