News Portal

नवज्योति फुटबल प्रतियोगितामा दार्जिलिङ फुटबल क्लब विजयी

रातोपोस्ट संवाददाता
२३० पटक

मेचीनगर, २९ माघ । मेचीनगरको बडाखालमा जारी नवज्योति फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा पाहुना टोली प्रकाश ११ दार्जिलिङ फुटबल क्लब विजयी भएको छ ।दार्जिलिङले बिर्तामोड फुटबल क्लबलाई १–० गोल अन्तरले हराएको हो ।

दार्जिलिङका आकाश मण्डलले खेलको १५ औँ मिनेटमा गरेको गोल नै जितका लागि पर्याप्त भयो । खेलको म्यान अफ द म्याच दार्जिलिङका राजीव सिंगा भए । उनले नगदसहित ट्रफी प्राप्त गरे ।

प्रतियोगितामा आयोजक नवज्योति युवा क्लबको ‘ए’ र ‘बि’ गरी २ वटा टिम सहित भारतको दार्जिलिङबाट प्रकाश ११ फुटबल क्लब, इलामको जिर्मले फुटबल क्लब, न्यु स्टार क्लब बुद्धशान्ति, शनिश्चरे फुटबल क्लब, बिर्तामोड फुटबल क्लब, ब्रर्दस युनाइटेड चन्द्रगढी, न्यु स्टार क्लब खोपबाडी र रोलिङ क्लब धुलाबारीको सहभागिता रहेको क्लबका सचिव प्रमिस थापाले बताए ।

प्रतिकृया दिनुहोस्