News Portal

प्रजातन्त्र दिवसकाे अवसरमा काँकरभिट्टामा सरसफाई कार्यक्रम

रातोपोस्ट संवाददाता
२४० पटक

झापा, ७ फागुन । आफ्नो बजार आफै सफा गरौं, वातावरण संरक्षण गरौं र सफा सुन्दर काँकरभिट्टा बनाऔं भन्ने नाराका साथ झापाकाे मेचीनगर- ६ मा बृहत सरसफाई कार्यक्रम सम्पन्न भएकाे छ ।

७३ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आज समुदायीक प्रहरी कार्यालय काँकरभिट्टाले सरसफाई कार्यक्रमको आयोजना गरेको हाे । इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख प्रहरी नायव उपरीक्षक दिपक भारतीको सहभागिता मेचीनगर- ६ स्थित सत्यनारायण मन्दिरदेखी मेचीपुलसम्म सरसफाई गरेकाे थियाे ।

सरसफाई अभियानमा स्थानिय जनप्रतिनिधी, हाेटल व्यवसायी संघ, बिभिन्न क्लवका सदस्यहरु, सशस्त्र प्रहरी बल काँकरभिट्टाका र विभिन्न संस्था लगायत स्थानीयबासीहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्