News Portal

  • ब्रामण्ड अपांग र महिला बचत तथा ऋण सहकारी संस्थाकाे आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

    रातोपोस्ट संवाददाता
    ३४८ पटक

    झापा, १७ फागुन । ब्रामण्ड अपांग र महिला बचत तथा ऋण सहकारी संस्थाकाे आयोजना तथा रेडक्रस साेसाईटी भद्रपुर शाखाकाे प्राविधिक सहयोगमा साेमबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ। उक्त रक्तदान कार्यक्रममा २६ जनाभन्दा बढी व्यक्तिले रक्तदान गरेका छन्।
    संस्थाका अध्यक्ष सचिन निराैलाले संस्थाले रक्तदान लगायतका सामाजिक कार्यहरु गर्दै आइरेहेको र झापा रगत अभाव देखिएकाे हुनाले रक्तदान कार्यक्रम आयोजना गरिएको उनले बताए।

    यस्तै संस्थाका उपाध्यक्ष मिनादेवी निराैलाले रगत अभावका कारण कुनै पनि व्यक्तिले ज्यान नगुमाउन नपरोस् भनेर रक्तदान कार्यक्रम गरेको बताइन् । यस्तै संस्थाका सदस्य माघव खतिवडाले संस्था समाजिक क्षेत्रमा काम गर्दै आएकाे बताए । अपांगता भएका ब्यक्तिहरुकाे जिवन स्थर उठाउन यस संस्थाले काम गर्दै आइरहेकाे व्यवस्थापक कुमार ढुगाँनाले जानकारी दिए । कार्यक्रममा नेपाल रेडक्रस साेसाईटी बाहुण्डागीका अध्यक्ष घनश्याम दाहाल, बाैद्धमाेड बिकास संस्थाका उपाध्यक्ष केशर बहादुर बस्नेत , बाैद्धमाेड कृषि सहकारी संस्थाका ब्यवस्थापक हेमन्त माेक्तान , साहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका शाखा प्रमुख मदन श्रेष्ठ, बाैद्धमाेड ईग्लिस बाेडिङ्ग स्कुलकी प्रिन्सीपल भावना राई , नेपाल मानव धर्म सेवा समितिका प्रतिनिधि राेशन घिमिरेलगायत संस्थाका सम्पूर्ण पदाधिकारी र सामाजिक ब्यक्तिहरुकाे सहभागीता रहेकाे थियाे।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)