News Portal

  • हल्दिबारी गाउँपालिकामा मोवाइल एप्सबाट बिद्यालयकाे अनुगमन

    रातोपोस्ट संवाददाता
    २३८ पटक

    झापा, २२ फनगुन । झापाको हल्दिबारी गाउँपालिकाले पालिकाका सामुदायिक बिद्यालयमा सिसि क्यामेराको मोवाइल एप्स सार्जजनिक गरेको छ । गाउँपालिकाको कार्यालयमा सोमवार आयोजित एक कार्यक्रमकाबीच राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष तथा निवर्तमान उप–प्रधान, उर्जा जलस्रोत तथा सिचाईमन्त्री राजेन्द्रप्रसाद लिङ्देनले मोवाइल एप्सको उद्घाटन गरेका हुन् ।

    सोही कार्यक्रमका बिच १३ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शील्ड प्रतियोगितामा पालिकाबाट जिल्लामै पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीलाई नगद तथा प्रमाणपत्रसहित सम्मान गरिएको थियो भने प्रतियोगिताका निर्देशन तथा ब्यवस्थापन समिति तथा प्रशिक्षकलाई कदर पत्रले सम्मान समेत गरिएको थियो ।

    पालिकाका अध्यक्ष रबिन्द्र लिङ्देनले सिसि क्यामेरा एप्सका बारेमा जानकारी दिदै नेपालमै पहिलो पटक यो कार्यक्रम शुरु गर्ने पहिलो पालिका हल्दिबारी रहेको दावी गरे । उनले उक्त प्रविधिले बिद्यालयको सुरक्षामा बृद्धि हुने, बिद्यालय अनुगमनमा सहज हुने, अभिभाबकले आफ्ना छोराछोरी अध्ययन गर्ने बिद्यालयको बारेमा घरमै बसेर प्रत्यक्ष निगरानी राख्न सक्ने, बिद्यालय प्रशासनलाई बिद्यालय प्रशासनको सुदृढिकरणमा सहयोग पुग्ने बताए ।

    त्यसैगरी, कार्यक्रमका प्रमुख अतिथि लिङ्देनले भौतिक बिकास भन्दा पनि शैक्षिक क्षेत्रको बिकास अपरिहार्य रहेको बताए । उनले सूचना तथा प्रबिधिको युगमा पालिकाले लन्च गरेको एप्स प्रभावकारी हुनेमा आफु विश्वस्त रहेको बताए ।

    गाउँपालिकाभित्र १७ वटा सामुदायिकक बिद्यालयमा पालिकाले उक्त एप्ससहित सिसि क्यामेरा र इन्टरनेटका लागि २४ लाख ८८ हजार खर्च गरेको जनाइएको छ । जसले १७ वटा सामुदायिक बिद्यालयमा अध्ययनरत ५ हजार ५ सय ८१ जना बिद्यार्थीलाई निगरानी गर्न सकिने जनाइएको छ । त्यस्तै उक्त एप्सका लागि प्रत्येक बर्ष इन्टरनेटमा ३ लाख रुपैयाँ खर्च हुने पालिकाका सूचना प्रबिधि अधिकृत सुशिल कडरियाले जानकारी दिए । पालिकाका अध्यक्ष लिङदेनको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत पालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद चापागाईले स्वागत गरेका थिए ।

    कार्यक्रममा प्रमुख अतिथि लिङ्देन, प्रदेशसभा सदस्य छबिलाल चुडाल, प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, शिक्षा बिकास समन्वय इकाई झापाका प्रमुख राजकुमार बिक, १ नम्बर वडाध्यक्ष तथा पालिकाका प्रवत्ता देबीबहादुर थापालगायत शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन पालिकाका प्रशासन शाखा प्रमुख राजन न्यौपानेले गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)