News Portal

राष्ट्रपति निर्वाचित पौडेलद्वारा पार्टी परित्याग

रातोपोस्ट संवाददाता
१७३ पटक

काठमाडौँ, २८ फागुन । राष्ट्रपतिमा निर्वाचित भएपछि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पार्टी परित्याग गरेका छन् ।

गत बिहीबार राष्ट्रपतिमा निर्वाचित भएका उनले पद तथा गोपनीयताको शपथ लिनुअघि आइतबार कांग्रेस परित्याग गरेका हुन् । आइतबार उनले आफ्नो सहयोगीमार्फत कांग्रेसको साधारण सदस्यसमेत नरहने गरी कांग्रेसबाट राजीनामा दिएका हुन् । आफ्नो सहयोगीमार्फत पौडेलले राजीनामा पत्र बुझाएका हुन् ।

नवनिर्वाचित राष्ट्रपति पौडेलले सोमबार पद तथा गोपनीयताको शपथ लिने र पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ ।

प्रतिकृया दिनुहोस्