News Portal

नेपाल शिक्षक संघको अध्यक्षमा दाहाल चयन

रातोपोस्ट संवाददाता
१६६ पटक

झापा, २९ फागुन । नेपाल शिक्षक संघ झापा अध्यक्षमा तोया दाहाल ‘भास्कर’ निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन समितिले दिएको जानकारी अनुसार नवौं अधिवेशनबाट आगामी ४ वर्षे कार्यकालका लागि दाहालको नेतृत्वमा शिक्षक संघ झापाले सर्वसम्मत नेतृत्व चयन गर्न सफल भएको हो ।

समिति संयोजक प्रकाश भण्डारीका अनुसार संघको उपाध्यक्षमा कुमार खतिवडा तथा महिला उपाध्यक्षमा धनकुमारी खरेल ‘लता’निर्वाचित भएकी छन् । सचिवमा देबेन्द्र चन्द्र सिंह राजवंशी तथा अर्थ सचिवमा गणेश गिरी चयन भएका छन् ।सह-सचिवमा युवराज कट्टेल, सह-सचिवमा, महिलामा रिता निरौला, अर्थ महिलामा तुलसा खरेल मैनाली र समावेशीमा मनकुमार योङ्हाङ एवम् हरीप्रसाद राजवंशी निर्वाचित भएका छन् ।

त्यसैगरी खुला सदस्यमा टंकप्रसाद तुम्बाहाम्फो, हरीप्रसाद प्रसाईं, रुद्रप्रसाद धमला र तेजस्वी पौडेल निर्वाचित भएका छन् । महिला सदस्यमा देवकीकुमारी राजवंशी, सीता सिटौला दाहाल र निर्मला पोखरेल चयन भएका छन् । त्यस्तै प्रदेश अधिवेशन प्रतिनिधिमा तेजप्रसाद चम्लागाईँ, नरहरी न्यौपाने, कृष्णप्रसाद वन, लिलाप्रसाद भण्डारी र भरत भट्टराई निर्वाचित भएका छन् । महिलातर्फ मेनुका दाहाल, भुमादेवी आङ्देम्वे, फुलहेरा खातुन रहेका छन् । त्यसैगरी संघीय महाधिवेशन प्रतिनिधिमा नेत्रप्रसाद खरेल, चित्रकला ओली, रुपल दाहाल, बद्री कार्की र भवानीप्रसाद लुईंटेल निर्वाचित भएका छन् ।

महिलातर्फ कृष्णमाया रिजाल र अनिता रिजाल निर्वाचित भएका छ्न् । नवनिर्वाचित समितिको पदस्थापन आगामी चैत ४ गते गिरिजाप्रसाद स्मृति भवन विर्तामोडमा दिउँसो १ बजेका तय भएको निर्वाचन समिति सदस्य होमराज ढकालले जानकारी दिए । संघको नवौं जिल्ला अधिवेशन नेपाली काँग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले शनिवार समुद्घाटन गरेका थिए ।

प्रतिकृया दिनुहोस्