News Portal

भाेलि मेची सामुदायिक सेवा केन्द्रको निर्वाचन हुँदै, अध्यक्षमा तामाङ र पाैडेलकाे उम्मेदवारी

रातोपोस्ट संवाददाता
१८१ पटक

झापा, ६ चैत्र । मेची सामुदायिक सेवा केन्द्रको नयाँ नेतृत्व चयन गर्न चैत ७ गते निर्वाचन हुँदैछ । नयाँ नेतृत्व चयनका लागि हुने मतदान चैत ७ गते बिहान ९ बजे शुरु हुनेछ । सामुदायिक केन्द्रमा १९ पद रहेकाेमा अध्यक्ष र सचिवमा निर्वाचन हुने छ भने अन्य पदमा निर्विरोध भइसकेकाे छ ।

अध्यक्ष पदमा नेपाली काग्रेसका नेता विना तामाङ रहेकी छिन् भने उनका प्रतिष्पर्धीका रुपमा कांग्रेसकै मुक्तिनाथ पाैडेल चुनावी मैदानमा रहेका छन् । विना तामाङ नगरमा रहेका सबै पार्टीले साथ दिएका छन् । पाैडेलले भने स्वतन्त्र रुपमा उम्मेदवार दिएका छन् । अध्यक्षका उम्मेदवार तामाङ सामुदायिक सेवा केन्द्रमा सस्थापक सदस्य हुँदै हाल उपाध्यक्ष रहेकी छिन् । सामाजिक क्षेत्रमा सकृय रहेकी उनी जागृति बालगृह केन्द्रकाे अध्यक्ष, मेची उद्योग वाणिज्य संघकाे उपाध्यक्ष भएकी सकेकी छिन् । काँकरभिट्टा खानेपानी संस्थाकाे संस्थापक सदस्य रहेकी रहेकी उनी । नेपाली काग्रेस पार्टीमा राम्रो छवि बनाएकी तामाङ लाेकप्रिय नेताकाे रुपामा परिचित रहेकी छिन । उनी भन्छिन्, म सबै पार्टीकाे साझा उम्मेदवार रहेकाे हुनाले मेराे जित सुनिश्चित रहेकाे छ । सामुदायिक केन्द्रमा गरेकाे काम नै मेराे जितकाे आधार रहेकाे उनले बताइन् ।

अध्यक्षका अर्का उम्मेदवार पाैडेल सामाजिक ब्यक्तिका साथै सञ्चारकर्मीका रुपमा परिचित रहेका छन् । अध्यक्षका उम्मेदवार पाैडल भन्छन्, सामाजिक क्षेत्रको विकृति र विसंगती अन्त्य गरी भुईमान्छेको सेवामा लाग्न मेराे अध्यक्षमा स्वतन्त्र रुपमा उम्मेदवारी रहेकाे हुनाले मतदाताहरुले मलाई विजयी गराउने उनले बताए । सबै मतदाताहरुकाे साथ र सहयाेग पनि रहेकाे उनले बताए ।

पत्रकार समेत रहेका पाैडेल समाजमा केहि नयाँ काम गर्ने संकल्प रहेकाे हुनाले मतदाताले मलाई विजयी गराउने उनले बताए । त्यसैगरी सचिवमा घनश्याम लामिछाने र अर्जुन राई चुनावी मैदानमा रहेका छन् ।

निर्वाचन समितिका संयाेजक डिल्ली घिमिरेले सामुदायिक केन्द्रकाे चुनाव सामुदायिक भवन काँकरभिट्टामा हुने जानकारी दिएका छन् । निर्वाचनमा ५ सय १० मतदाताले सहभागिता जनाउने छन् । २०५० सालमा स्थापना भएको केन्द्रको संस्थापक अध्यक्ष रविन कोइराला, डिल्लीराम घिमिरे र हाल बुद्विनाथ पौडेल छन् । सामुदायिक सेवाकाे ३ वर्षे कार्यकाल रहने छ ।

प्रतिकृया दिनुहोस्