News Portal

बर्दियामा बाघको आक्रमणबाट दिदी-बहिनीको मृत्यु

उनीहरू दिदी-बहिनी हुन्।

रातोपोस्ट संवाददाता
१५० पटक

बर्दिया, ६ चैत । बर्दियामा बाघको आक्रमणबाट सोमबार घाँस दाउरा गर्न गएका दिदी बहिनीको मृत्यु भएको छ। मधुवन नगरपालिका-५ की ५५ वर्षीया समुद्रा बुढा क्षेत्री र ५० वर्षीया धनसरी गुरूङको बाघको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी सुधिरराज शाहीले बताए।

उनीहरू स्थानीय चिरौटे सामुदायिक वनमा घाँस दाउरा काट्न भनेर गएका थिए। परिवारका सदस्यका अनुसार उनीहरू बिहान साढे ११ बजेतिर घरबाट निस्किएका थिए।

लामो समयसम्म घर नर्फिएपछि सुरूमा स्थानीय खोजीमा गएका थिए। एसपी शाहीका अनुसार प्रहरीलाई पौने तीन बजेतिर मात्रै सूचना दिइएको थियो। त्यसपछि प्रहरी, स्थानीय र वनका पदाधिकारी खोजीमा गएका थिए। खोजी गर्ने क्रममा सुरूमा समुद्राको शव फेला परेको र त्यसको झन्डै दुई सय मिटर टाढा धनसरीको शव फेला परेको एसपी शाहीले बताए।

समुद्राको घाँटीमा बाघले आक्रमण गरेको पञ्जा देखिए पनि उनको शरिरको अन्य भागमा कुनै चोट पटक लागेको छैन। धनसरीको बाँया पट्टीको हात पाखुरादेखि कुहिनासम्म खाएको अवस्थामा फेला परेको एसपी शाहीले बताए।दुबैको शव संकलन पछि अहिले पोष्टमार्टमका लागि जिल्ला अस्पताल गुलरियामा पठाइएको छ।

प्रतिकृया दिनुहोस्