News Portal

झापाकाे सितापुरीमा बोलेरो गाडीको ठक्करबाट एक जनाको मृत्यु

रातोपोस्ट संवाददाता
१४३ पटक

झापा, ८ चैत । झापामा बोलेरो गाडीको ठक्करबाट एक जनाको मृत्यु छ । मृत्यु हुनेमा कमल गाउँपालिका- ५ निवासी ४० वर्षीय चन्द्रबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार मंगलबार राती १०:१५ बजेको समयमा पूर्व-पश्चिम राजमार्ग अन्तर्गत कमल- ४ स्थित सितापुरीमा मे १ ज १९४२ नम्बरको बोलेरो गाडीले ठक्कर दिँदा राईको मृत्यु भएको थियो । दुर्घटना गरी फरार रहेका बोलेरो चालक इलाम नगरपालिका- २ निवासी ३२ वर्षीय पेम्बा तामाङलाई प्रहरीले बुधवार बिहान बिर्तामोडस्थित बसपार्कबाट नियन्त्रणमा लिएको थियो । गाडीसहित चालक तामाङलाई आवश्यक कारबाहीका लागि प्रहरी कार्यालयमा राखिएको छ ।

प्रतिकृया दिनुहोस्