News Portal

ग्यास सिलिन्डर बोकेको ट्रक दैलेखमा दुर्घटना हुँदा ३ जनाको मृत्यु

रातोपोस्ट संवाददाता
१४० पटक

दैलेख, ८ चैत । ग्यास सिलिन्डर बोकेको ट्रक दैलेखमा दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । नेपालगन्जबाट दैलेख आउँदै गरेको भे १ ख २२०१ नम्बरको ट्रक गुराँस गाउँपालिका ४ मा दुर्घटना भएको हो ।

मनकामना ग्यास बोकेको ट्रक सडकबाट अन्दाजी १ सय ५० मिटर तल खस्दा ट्रकमा सवार ३ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखमा डीएसपी किशोर लम्सालले बताए । मृत्यु भएका ३ जनाको सनाखत हुन बाँकी रहेको प्रहरीको भनाइ छ ।

प्रतिकृया दिनुहोस्