News Portal

शिक्षकका निडर लिडर चौंलागाईंको कोशी प्रदेश अध्यक्षमा दाबी

रातोपोस्ट संवाददाता
१९४ पटक

झापा, ८ चैत । नेपाल शिक्षक संघको काेशी प्रदेश अध्यक्षमा तेजप्रसाद चाैलागाईले उम्मेदवारी दिने भएका छन् ।

शिक्षक संघकाे चैत ९/१० गते विराटनगरमा हुने दाेस्राे महाधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिने उनले बताएका हुन् । शिक्षा क्षेत्रमा विगत लामाे समयदेखि काम गर्दै आएका चाैलागाँई । नेपाल शिक्षक संघकाे पुर्व क्षेत्रिय अध्यक्ष, नेपाल शिक्षक संघकाे जिल्ला सदस्य, नेपाल शिक्षक युनियनकाे झापाकाे अध्यक्ष, नेपाल शिक्षक महासंघ झापाकाे संस्थापक अध्यक्ष हुँदै नेपाल शिक्षक संघ काेशी प्रदेशकाे प्रतिनिधि समेत रहेका छन् ।

शिक्षक संघ र शिक्षक महासंघमा नेतृत्व गरेको आफ्नाे अनुभव रहेकाे हुनाले अध्यक्ष पदमा उम्मेदवारी दिन लागेकाे उनले बताए । संघकाे चैत ९ गते (भाेलि) देखि सुरु हुने अधिवेशनमा ४ सय ५० जना प्रतिनिधि तथा परिवेक्षकहरुकाे सहभागिता रहने छ भने निर्वाचनबाट २७ सदस्य कार्यसमिति चयन हुने छ ।

प्रतिकृया दिनुहोस्