News Portal

कोशी खारेज आन्दाेलनमा घाइते भएका लिम्बूको निधन

रातोपोस्ट संवाददाता
१८० पटक

विराटनगर, १० चैत। प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिले आयोजना गरेको प्रदर्शनको क्रममा घाइते भएको एक जनाको उपचारको क्रममा मृत्यु भएको छ।

यही चैत ५ गते विराटनगरमा प्रदर्शनका क्रममा लाठीबाट टाउकोमा गम्भीर चोट लागी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठामा उपचाररत पदमबहादुर लिम्बूको निधन भएको हो।

गएराति २:३० बजे उपचारकै क्रममा उनको निधन भएको जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य तथा लिम्बुवान राष्ट्रिय समितिको उपाध्यक्ष जेन्टल लावतीले जानकारी दिए ।

कोशी प्रदेशको नाम खारेज गरी पहिचानसहितको पुनः नामकरणको मागसहित ‘प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समिति’ ले प्रदर्शन गरेको थियो। यसै क्रममा प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा लिम्बू घाइते भएका थिए।

प्रतिकृया दिनुहोस्