News Portal

  • शिक्षक संघ काेशी प्रदेशकाे अध्यक्षमा चाैलागाई निर्वाचित

    रातोपोस्ट संवाददाता
    ८४ पटक

    बिराटनगर, १० चैत । नेपाल शिक्षक संघकाे काेशी प्रदेश अध्यक्षमा तेजप्रसाद चाैलागाई निर्वाचित भएका छन् ।

    बिराटनगरमा आज सम्पन्न निर्वाचनमा झापा मेचीनगर-९ स्थित धुलाबारी माविका सहायक प्रधानाध्यापक चाैलागाईले १ सय ९२ मत ल्याई निर्वाचित भएका हुन । अध्यक्षका अर्का उम्मेद्वार धनकुटाका गंगाराम ढुंगानाले १ सय ५६ मत प्राप्त गरेका थिए ।

    त्यस्तै, महासचिवमा मात्रिका प्रसाद न्याैपानेले १ सय ७३ ल्याई विजयी बने भने उनका प्रतिस्पर्धी बद्री कार्कीले १ सय ५९ मत प्राप्त गरे । बरिष्ठ उपाध्यक्षमा सुरेशकुमार चाैधरी विजयी बने । चाैधरीले १ सय ७५ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी हेमराज खतिवडाले १ सय ६६ मत ल्याए ।

    त्यस्तै, महिला उपाध्यक्षमा राजकुमारी भण्डारी (बिमला) ले १ सय ८८ मत ल्याएर विजयी बनिन् उनका प्रतिस्पर्धी रेखा पराजुलीले १ सय ६६ मत ल्याई पराजय भइन् ।

    ४ सय ३८ मतदाता रहेकाे संघकाे निर्वाचनमा ३ सय ४८ मत खसेकाे निर्वाचन समितिले जनाएकाे छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)