News Portal

हातेमालो सामुदायिक वनकाे अध्यक्षमा सिग्देल निर्वाचित

रातोपोस्ट संवाददाता
१४७ पटक

झापा, १२ चैत । झापाकाे मेचीनगर–१३ स्थित चारआलीको हातेमालो सामुदायिक वनको अध्यक्षमा लोकतान्त्रिक प्रगतिशिल संयुक्त प्यानलका चन्द्रप्रसाद सिग्देल निर्वाचित भएका छन् ।

आज सम्पन्न मतगणना अनुसार अध्यक्षमा सिग्देलले ५ सय ९६ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एमालेबाट प्रगतिशिल समुहका अध्यक्ष भोजराज पराजुलीले ३ सय ३६ मत मात्र प्राप्त गरेको निर्वाचन समितिका संयोजक गोपाल प्याकुरेलले बताए ।

त्यस्तै, उपाध्यक्षमा राधिका सुब्बाले ५ सय ३७ मत ल्याएर विजयी भइन् । उनका प्रतिस्पर्धी यशोदादेवी सिग्देलले ३ सय ७५ मत प्राप्त गरिन् ।

सचिवमा एमालेबाट प्रगतिशिल समुहका यामाकान्त प्याकुरेलले ४ सय ५९ मत ल्याएर निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी लोकतान्त्रिक प्रगतिशिल संयुक्त प्यानलका सोनामसिंह तामाङले ४ सय ५६ मत मात्र प्राप्त गरे ।

सहसचिवमा सन्तोष लिम्बुले ४ सय ५६ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी सन्देश न्यौपानेले ४ सय ३८ मत प्राप्त गरे । कोषाध्यक्षमा कुशुम प्रसाई कटुवालले ५ सय १२ मत ल्याएर विजयी भएकी छिन् । उनकी प्रतिस्पर्धी विना ढकालले ३ सय ७१ म्त प्राप्त गरिन् ।

त्यस्तै, लोकतान्त्रिकका सदस्यहरु युवराज खतिवडाले ५०६, रुद्रबहादुर कार्कीले ५२३, हेमराज भट्टराईले ५१९, चन्द्रकुमारी लिम्बुले ४९५, जयन्ती राईले ४६६, लक्ष्मी लिम्बुले ४९३, खड्गमाया कामीले ४७३ र कृष्णप्रसाद सिग्देलले ४९४ मत ल्याएर विजयी भएको संयोजक प्याकुरेलले बताए ।

यता एमालेबाट प्रगतिशिलका सदस्यहरु ताराप्रसाद तिवारीले ३५०, शिवलाल खवासले ३३२, सागरसिंह राजवंशीले ३३२, लिलादेवी कार्कीले ३७९, सीता खड्काले ४२९, सीता रुचालले ३६१ र वद्रीप्रसाद भट्टाराईले ३५८ मत मात्र प्राप्त गरेको प्याकुरेलले जानकारी दिए ।

समूहको चुनावमा एक हजार १६४ मतदाता मध्ये १ हजारले मतदान गरेका थिए । सचिव पदमा मात्र एमालेबाट प्रगतिशिल समुहका प्याकुरेल विजयी भए अरु सबै लोकतान्त्रिकका उम्मेदवारहरु विजयी भएका छन् ।

प्रतिकृया दिनुहोस्