News Portal

कोशी प्रदेशमा शुरु भयो वाइसीएलको डिजिटल सदस्यता वितरण

रातोपोस्ट संवाददाता
३०५ पटक

झापा, १२ चैत । नेकपा माओवादी केन्द्रकाे सहायक संगठन योङ्ग कम्युनिस्ट लिग (वाइसीएल) ले काेशी प्रदेशमा डिजिटल सदस्यता वितरण गरेकाे छ । आज काेशी प्रदेश अन्तर्गत तेह्रथुम जिल्लाबाट साे संगठनले डिजिटल सदस्यताकाे उद्वघाटन गरेकाे हाे । आज एक कार्यक्रमका विच वाइसीएल नेपालका केन्द्रीय सचिव तथा काेशी प्रदेशका इन्चार्ज कर्म पुलामी मगरले साे डिजिटल सदस्यता उद्वघाटन गरेका हुन ।

कार्यक्रममा प्रमुख अतिथि पुलामीले युवा संगठनलाई सुदृढीकरण गरि अभियान मार्फत युवा जागरण ल्याउन युवालाई निर्देशन दिएका थिए । प्रमुख अतिथि पुलामीले गणतन्त्र र संघियता विराेधी गतिविधि गर्ने विरुद्ध खबदारी गर्न पनि उनले युवाहरुलाई प्रशिक्षण दिए । उनले वाइसीएललाई जनताकाे साहरा बनि जताकाे आशा र भराैसा बन्न निर्देशन दिदै युवा संगठनलाई व्यवसायी बन्न निर्देशन दिए । प्रमुख अतिथि पुलामीले पार्टी भित्र रहेकाे गुट उपगुटकाे अन्त्य गरि पार्टी र संगठनका नेताहरुलाई विधिमा रहेर काम गर्न निर्देशन दिए । प्रमुख अतिथि पुलामीले नेताहरुमा युवाहरुकाे भावना बुझ्ने र प्राबिधिकाे ज्ञान भएन भने नेता हुन गार्हाै हुने भएकाे हुनाले सम्पूर्ण युवाहरुलाई प्राबिधिसँगै अगाडि बढ्न निर्देशन दिए ।

कार्यक्रममा वाइसीएल नेपालका प्रदेश इन्चार्ज पुलामी, विषेश अतिथि नेकपा माओवादी केन्द्रका जिल्ला सचिवालय सदस्य तथा नगरका अध्यक्ष छिरिङ लामा, वाइसीएल नेपालका केन्द्रीय सदस्य दिलबिक्रम लिम्बू, नेकपा माओवादी केन्द्रका प्रदेश सल्लाहकार हाेम रायमाझी, वाइसीएलका केन्द्रीय सदस्य मनेस आङबाे, प्रदेश सदस्य दिपेश खुलाल, वाइसीएल नेपालका तेह्रथुम जिल्ला अध्यक्ष गाेपाल लिम्बूकाे आतिथ्यता रहेकाे थियाे ।

वाइसीएलले काेशी प्रदेशमा रहेकाे १ सय ३७ स्थानीय तहमा संगठनले सम्मेलन गर्ने साथै १ हजार १ सय ५७ वडाहरुमा १ सयका दरले सदस्यता वितरण गर्ने याेजना बनाएकाे छ। संगठनले बैशाखकाे पहिलाे हप्तामा सबै वडामा सम्मेलन गरि काेशी प्रदेशमा १ लाख १५ हजार ७ सय सदस्यता वितरण गर्ने जानकारी दिएकाे छ ।

प्रतिकृया दिनुहोस्