News Portal

धुलाबारी खानेपानीमा संयुक्त प्रगतिशील प्यानलका उम्मेदवार घरदैलाेमा व्यस्त

रातोपोस्ट संवाददाता
१९३ पटक

झापा, १३ चैत । धुलाबारी खानेपानीका संयुक्त प्रगतिशील प्यानलमा उम्मेदवारहरू घरदैलोमा व्यस्त रहेका छन् । संयुक्त प्रगतिशील प्यानल उम्मेदवारहरूले मतदातासँग भोट माग्न घरदैलोमा पुगेका हुन् । घरदैलोमा पुगेका उम्मेदवारहरूलाई विजयीको लागि अग्रिम शुभकामना दिँदै ढुक्क भएर भोट दिने मतदाताहरूले प्रतिबद्धता समेत जनाएका छन् ।

मेचीागर- ९ र १० वडामा रहेकाे झापामार्ग, लिलावस्ती, सिद्वार्थ चाैकमा साेमबार घरदैलोमा पुगेका अध्यक्ष पदका उम्मेदवार रचेन्द्र श्रेष्ठ, उपाध्यक्ष पदका उम्मेदवार लक्ष्मी श्रेष्ठ, सचिव उमेश डाँगीलाई उपभोक्ताहरुले भोट दिने वाचा गरेका हुन ।

अध्यक्षका पदका उम्मेदवार श्रेष्ठ एमाले पार्टी मेचीगरका सदस्य तथा लाेकप्रिय युवा नेता हुन भने उनी सामाजिक क्षेत्रमा पनि निकै सकृिय रहेका छन् । २०६५ सालमा धुलाबारी खानेपानी उपभोक्ता समितमा निर्वाचित सदस्य बनेका थिए । गृहलक्ष्मी सहकारीका संस्थाका सदस्य, नेवारी समाजमा लामाे समयकाे काम गरेकाे अनुभव रहेकाे छ । घरदैलो अभियानमा खानेपानी उपभोक्ताका अध्यक्षका उम्मेदवार श्रेष्ठले भने खानेपानी संस्थामा धेरै अध्यक्ष भए तर जनताका समस्याहरु उहि रहेकाे हुनाले अरुलाई जिताउनुको कुनै अर्थ नहुने बताउँदै सम्पुर्ण उपभोक्ताहरुलाई नयाँ अनुहारलाई जिताउन आग्रह गरे ।

खानेपानी उपभोक्त समितिका उपाध्यक्ष लक्ष्मी श्रेष्ठले खानेपानी संस्थालाई सहज बनाउनका लागि आफ्नो उम्मेदवारी रहेको बताउँदै मत दिएर जिताउन सबै उपभोक्ताहरुलाई आग्रह गरेकी छिन् ।

त्यसैगरी, सचिव पदका उम्मेदवारी उमेश डाँगी पनि घरदैलो कार्यक्रममा व्यस्त रहेका छन् । घरदैलो कार्यक्रममा संयुक्त प्रगतिशील प्यानलका उम्मेदवार तथा नेता कार्यकर्ताकाे उत्साहजनक सहभागिता रहेको छ ।

प्रतिकृया दिनुहोस्