News Portal

  • सहिदका सपना पुरा गर्न सम्पुर्ण माओवादी एक जुट हुनु पर्छ : वाइसीएलका केन्द्रीय सचिव पुलामी

    रातोपोस्ट संवाददाता
    ४०९ पटक

    झापा, १४ चैत । नेकपा माओवादी केन्द्रकाे सहायक संगठन योङ्ग कम्युनिस्ट लिग (वाइसीएल) ले डिजिटल सदस्यता वितरण गर्ने अभियानलाई तिब्रता दिएको छ । कोशी प्रदेश अन्तर्गत तेह्रथुम जिल्लाबाट सो संगठनले डिजिटल सदस्यताको उद्घाटन गरेको थियो ।

    आज झापाको दमकमा भएको वाइसीएल दमक नगर सम्मेलनले युवाहरु प्रविधिमैत्री हुनुपर्ने भन्दै डिजिटल प्रविधिलाई तिव्रता दिने भएको हो । वाइसीएल नेपालका केन्द्रीय सचिव तथा कोशी प्रदेशका इन्चार्ज डम्बर पुलामी मगर (कर्मा)ले अब समयसापेक्ष युवालाई डिजिटलाइज गर्ने बताए । उनले युवाको शिक्षा र स्वास्थ्य र राेजगारको जिम्मा सरकारले लिनुपर्ने माग पनि राखेका छन् । उनले प्रतिकृयावादीहरुले देशमा माओवादीका कारण १७ हजार मानिसले ज्यान गएकाे भन्दै तिनै १७ हजार सहिदहरुकाे कारण देशमा परिवर्तन आएकाे बताए ।

    कार्यक्रममा प्रमुख अतिथि पुलामीले जनताका अधिकारकाे निम्तिका साथै सहिदहरुका सपना पुरा गर्न सम्पुर्ण माओवादीहरु एक ठाउँमा आउन आग्रह गरे । वाइसीएलकाे डिजिटल सदस्यता वितरणसँगै आज वाइसीएलकाे दमक नगर सम्मेलन सम्पन्न गरेकाे छ । सम्मेलनबाट नगर अध्यक्षमा जाेन बुढाथोकी, उपाध्यक्षद्वाेयमा निर्मल मगर र प्रबिण याेगी, सचिवमा अमल लावती, सहसचिवद्वाेय सरण मगर र मैना बर्देवा र काेषाध्यक्षमा दिप धिमाललाई चयन गरेकाे छ । दमक नगरमा वाइसीएलकाे ५१ सदस्यीय समिति चयन गरेकाे हाे ।

    वाइसीएल नेपालका प्रदेश इन्चार्ज पुलामीको प्रमुख आतित्थ्यतामा भएको कार्यक्रमा विषेश अतिथि नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य दुर्गा चौलागाई, विरेन्द्र बस्नेत, वाइसीएलका नेपाल जिल्ला अध्यक्ष राजु दर्नाल, वेदु गौतम, दिपक आले, मनिस आङ्बो, पार्टिका नगर अध्यक्ष रवि बस्नेतलगायतको उपस्थित रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)