News Portal

  • सत्ता गठबन्धनले टुंग्यायो भागवण्डा, मन्त्रीको शपथ भोलि

    रातोपोस्ट संवाददाता
    ८३ पटक

    काठमाडौँ, १४ चैत । सत्ता गठबन्धनले मन्त्रालयको भागवण्डा टुंग्याएको छ। बुधबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनमा आबद्ध ९ दलबीच भागवण्डा मिलाउने सहमित भएको हो।

    छलफलपछि दलहरुले प्रधानमन्त्रीलाई आफ्नो दलको तर्फबाट सरकारमा सहभागी हुनेहरुको नाम बुझाउने क्रम सुरु भएको छ। एकीकृत समाजवादीले वेदुराम भुसाल र प्रकाश ज्वालाको नाम बुझाएको छ भने अरु दललाई पनि नाम बुझाउन आग्रह गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दियो।

    गठबन्धनमा सहभागी ९ दलबीच कांग्रेसले ८ वटा मन्त्रालयको नेतृत्व पाउने समझादारी बनेको छ। त्यस्तै माओवादीलाई प्रधानमन्त्रीसहित ५, एकीकृत समाजवादी र जसपालाई २/२ जनमत पार्टीलाई एक राज्यमन्त्रीसहित २, लोसपा १, उन्मुक्तिलाई १, आम जनता पार्टीलाई १ र नेसपालाई १ मन्त्रालय दिने सहमति छ। संभवत बुधबार नै राष्ट्रपतिलाई मन्त्रीहरुको नाम बुझाउने र बिहीबार शपथ ग्रहण गराउने तयारी अघि बढेको छ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)