News Portal

गृहपृष्ठ गण्डकी, मुख्य समाचार, राष्ट्रिय, समाचार, स्वास्थ्य

गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना पुष्टि

पाेखरा,असार १२ । गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गण्डकीका ४ जिल्लामा नयाँ सङ्क्रमित थपिएका हुन् । नवलपरासी सुस्ता पूर्वका २१ जना, तनहुँका २ जना, बाग्लुङका १ जना र स्याङजाका...बाँकी

बाढीको खतरा बढ्दै

काठमाडौं, असार १२ । बुधबार रातिदेखि नेपाल–भारत सीमा क्षेत्रका विभिन्न स्थानमा निरन्तर वर्षा भइरहेकाले त्यस क्षेत्रमा बाढी र डुबानको खतरा बढ्दै गएको छ । अब लगातार तीन दिनसम्म ती क्षेत्रसहित नेपालका विभिन्न भूभागमा निरन्तर वर्षा...बाँकी

ब्रेन ट्यूमर पीडित खड्काद्वारा आर्थिक सहयोगको अपिल

झापा । ४ वर्ष अघि शल्यक्रिया गरिएको ब्रेन ट्युमरको समस्या बल्झिएपछि सागर खड्काको उपचारमा आर्थिक अभाव भएको छ । मेचीनगर–९ लिलावस्ती निवासी २८ वर्षीय खड्काको उपचारका लागि आथिक अभाव भएको हो । आर्थिक अवस्था दयनीय...बाँकी

यूएईबाट फर्किएका ४ जनामा कोरोना पुष्टि

काठमाडौं, असार ११ । संयुक्त अरब इमिरेट्स यूएईबाट जेठ २३ गते नेपाल फर्किएर भक्तपुरको खरिपाटी क्वारेन्टाइनमा बसिरहेका ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भक्तपुरको खरिपाटीमा रहेको क्वारेन्टाइनमा बस्दै...बाँकी

प्रहरी निरीक्षक र कानुन व्यवसायी ५० हजार घुससहित अख्तियारको नियन्त्रणमा

कैलाली । कैलालीको जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक र एक जना कानुन व्यवसायी ५० हजार रूपैयाँ घुससहित पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी निरीक्षक प्रकाशसिंह...बाँकी

रुकुम हत्याकाण्ड : धरौटी तिर्न नसक्दा किशोरीकी आमा जेल गइन्

काठमाडौं, असार ११ । चौरजहारी घटनामा जिल्ला अदालत रुकुमले पश्चिमले किशोरीकी आमालाई धरौटीमा रिहा गर्न आदेश दिए पनि उनलाई थुनामा पठाइएको छ। अदालतले तोकेको एक लाख रुपैयाँ धरौटी तिर्न नसक्दा उनलाई पनि पुर्पक्षका लागि कारागार...बाँकी

आत्महत्या गरेका दैलेखका युवकमा कोरोना भएको पुष्टि

सुर्खेत । आत्महत्या गरेका दैलेखका एक युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार बिहान घर नजिकै झुण्डिएको अवस्थामा भेटिएका दुल्लु नगरपालिका वडा नं.१० का २१ वर्षीय युवकको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएपछि कोरोना संक्रमण...बाँकी

राष्ट्रपतिद्वारा तीन विधेयक प्रमाणीकरण

काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले तीन वटा विधेयक प्रमाणीकरण गरेकी छिन्। भण्डारीले बिहीवार नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई आएका विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद...बाँकी

क्वारेन्टाइनबाट घर गएका चार जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, असार ११ : भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनबाट घर गएका चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ। दुबईबाट आएर क्वारेन्टाइनमा बसेका १० मध्ये ४ जनामा संक्रमण पुष्टि भएको हो। कोरोना परीक्षणको लागि स्वाब संकलन गरिएपनि रिपोर्ट...बाँकी

अस्तालमा उपचाररत ३३ प्रतिशतमा कोरोनाका नयाँ लक्षण देखियो

काठमाडाैं । कोरोना संक्रमण देखिएर अस्पतालमा भर्ना ३३ प्रतिशत व्यक्तिहरुमा कोरोनाका नयाँ लक्षण देखिएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. सागर राजभण्डारीका अनुसार अस्पतालमा भर्ना भएका ३३ प्रतिशतमा कोरोनाका विभिन्न...बाँकी