News Portal

वन स्तरीय फुटवलमा मागुमाडी र पाँचपोखरी विजयी

रातोपोस्ट संवाददाता
१९४ पटक

झापा, १६ असाेज । मेचीनगर- ३ मा जारी प्रथम बहुवन तथा पाँचपोखरी सामुदायिक वन स्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगिता अन्तरगत मंगलवार दुई खेल सम्पन्न भएका छन् । प्रतियोगितामा मागुमाडी सामुदायिक वन र पाँचपोखरी सामुदायिक वन विजय भएका छन् ।

पहिलो खेलमा मागुरमाडीले प्रगती सामुदायिक वनलाई २–१ को गोल अन्तरले हराउँदै क्वाटरफाइनलको यात्रा तय गरेको हो । जितका लागि गुन्जन चापागाई र एसन लिम्बूले एक एक गोल गरेका थिए । प्रतियोगिताको म्यान अफ द म्याच बासु तिम्सिना भए । उनलाई चन्द्र दासले प्रदान गर्नु भएको नगद १ हजार र ट्रफी प्रदान गरिएको थियो । यसैगरी दोस्रो खेलमा पाँचपोखरीले हातेमालो सामुदायिक वनलाई २–० को गोल अन्तरले जित निकालेको थियो । जितका लागि पाँचपोखरीका बिमल तोलाङ्गी र विवेक राजवंशीले एक एक गोल गरेका थिए । खेलको म्यान अफ द म्याच पाँचपोखरीका विमल तोलाङ्गी भए । उनले रमेश भट्टराईले प्रदान गर्नु भएको नगद १ हजार र ट्रफी प्रदान गरिएको थियो ।

बुधवारको खेल चन्द्रगढी सामुदायिक वन र जामुखाडी सामुदायिक वन तथा दाेस्रो खेल इरौटार सामुदायिक वन इलाम र थोप्लेविरान सामुदायिक वन मेचीनगर बिच हुने जागृति युवा परिवारका सचिव अर्पण बलम्पाकी मगरले बताए । २४ गतेसम्म सन्चालन हुने प्रतियोगितामा विजेता टिमले नगद ६० हजार, ट्रफी र प्रमाण पत्र पाउनेछ भने उपविजेता हुने टिमले नगद ४० हजार, ट्रफी र प्रमाण पत्र पाउने छने भने विभिन्न विधाका उत्कृष्ट खेलाडीहरुले समेत नगद र ट्रफी पाउने बहुवन सामुदायिक वनका सचिव सन्जु कार्की मगरले बताए ।

प्रतिकृया दिनुहोस्