News Portal

रवि लामिछाने पाँच लाख धरौटीमा रिहा

रातोपोस्ट संवाददाता
७३७ पटक

काठमाडौं। पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणका अभियुक्तहरू रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्की ‘रुकु’ रिहा भएका छन्।

चितवन जिल्ला अदालतले रविलाई पाँच लाख, युवराजलाई तीन लाख धरौटीमा रिहा गर्ने  फैसला सुनाएको रविको तर्फबाट वकालत गरेका अधिवक्ता सुनिल पोखरेलले जानकारी दिए। थुनछेक बहस सकिएसँगै सोमबारै साँझ जिल्ला अदालत चितवनले यस्तो फैसला सुनाएको हो। सरकारका तर्फबाट यदुनाथ शर्मा, सानोबाबु श्रेष्ठ र प्रकाश थापा तीनजना वकिलले बहस गरेका थिए।  जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासमा भएको बहसमा ८ जना वकिलहरूले नाम टिपाएका जिल्ला अदालतले जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस्