झापा ।झापाबाट प्रकाशित भइरहेका साप्ताहिक पत्रिकाका सम्पादकहरु संगठित भएका छन् । बिर्तामोडमा भेला भएका झापाका २१ बटा पत्रिकाका सम्पादकहरुको भेलाले साप्ताहिक पत्रिका सञ्जाल, झापा गठन गरेको हो । सो भेलाले बिर्ताज्योति साप्ताहिकका सम्पादक तीर्थ सिग्देलको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरेको हो ।
समितिको उपाध्यक्षमा विष्णु पौडेल, इन्दु पूर्वेली, सचिवमा राजु पाठक, सह सचिवमा सेलिंग केसी, कोषाध्यक्षमा डम्बर बराल छन् । त्यस्तै, सदस्यहरुमा द्रोण अधिकारी, राम निरौला, राजन साम्पांग, बेणु अधिकारी र अनिल वाग्ले छन् ।
भेलाले अग्रज पत्रकारहरु गोविन्दचन्द क्षेत्री, माधब बिद्रोही, राजबाबू शंकर, कृष्ण हुमागाई, गञ्जबहादुर दाहाल, दिपिन राई र माया पकुवाललाई सल्लाहकार चयन गरेको छ ।
भेलामा झापाका अग्रज पत्रकारहरु गोविन्दचन्द क्षेत्री, माधब बिद्रोही, राजबाबू शंकर, कृष्ण हुमागाईंलगायतले साप्ताहिक पत्रिकाहरुले लोकतन्त्र प्राप्तिका लागि ठूलो योगदान गरेका र अहिले पनि उनीहरुको भूमिका उस्तै रहेको उल्लेख गर्दे ती पत्रिकाको संरक्षण र सम्बद्र्धन गर्नु सबैको दायित्व हुनु पर्नेमा जोड दिए । भेलाबाट चयन भएको समितिलाई पत्रकार महासंघ प्रदेश नं १ की सदस्य रेजिना रोदन र झापाका सचिव सन्तोष आचार्यले शुभकामना दिएका थिए ।
साप्ताहिक पत्रिका सञ्जाल झापाको अध्यक्षमा तीर्थ
रातोपोस्ट संवाददाता
- बैशाख २९ देखि काँकरभिट्टामा ‘दोस्रो झापा महिला प्रिमियर लिग’
- आज अन्तर्राष्ट्रिय श्रमिक दिवस
- चलचित्र ‘मनसरा’ आजदेखि देशभर प्रदर्शन
- भाेलि वाइसिएल झापाको जिल्ला सम्मेलन हुँदै
- थोप्लेविरानमा तीन दिने उद्घोषण तथा माइन्यूट लेखन तालिम सम्पन्न
- मेचीनगरमा आजदेखि हिमालय एकाडेमी सुपर सिक्स क्रिकेट प्रतियोगिता सुरु
- झापामा पेसागत महासघंले मनायाे मजदुर दिवस
- हिमालयन एकाडेमी सुपर सिक्स क्रिकेटको आज फाइनल खेल हुँदै
- मेचीनगरमा सुपर सिक्स क्रिकेट प्रतियोगिता उद्वघाटन
- सुपर सिक्स क्रिकेट प्रतियोगितामा धुलाबारी टाइगर्स च्याम्पियन