News Portal

एनआरएनएको विश्व सम्मेलन मंगलबारदेखि काठमाडौंमा

रातोपोस्ट संवाददाता
६०३ पटक

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलन मंगलबारदेखि सुरू हुँदैछ।

नयाँ नेतृत्व चयन गर्ने सम्मेलनमा ८१ देशमा रहेका गैरआवासीय नेपालीका प्रतिनिधिहरू काठमाडौं आइपुगेका छन्।

विश्व सम्मेलनबाट अध्यक्षसहित १२ पदमा ४२ जना चुनिने सोमबार बालुवाटारस्थित कार्यालयमा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको थियो।

महासचिव बद्री केसीले सम्मेलनको तयारी पूरा भएको बताए।

सहमतिबाट नेतृत्व चयन नभएमा बुधबार निर्वाचन हुनेछ। उपाध्यक्षद्वय कुमार पन्त र कुल आचार्य अध्यक्ष पदका लागि चुनावी प्रतिस्पर्धामा छन्।

एनआरएनएको विधानअनुसार एक महिलासहति पाँच जना उपाध्यक्ष, एक महासचिव, दुई सचिव, एक कोषाध्यक्ष, एक सहकोषाध्यक्ष, महिला र युवा संयोजक, छ जना क्षेत्रीय संयोजकलगायत पद निर्वाचनबाट चयन हुनुपर्ने छ।

प्रतिकृया दिनुहोस्