News Portal

फिनल्यान्डकी ३४ वर्षीया सान्ना मरिन, विश्वकै सबैभन्दा कान्छी प्रधानमन्त्री बन्दै

बीबीसी
८४६ पटक

फिनल्यान्ड। फिनल्यान्डमा गठबन्धन सरकारको नेतृत्वमा पुगेकी सान्ना मारिन विश्वकै सबैभन्दा कम उमेरकी प्रधानमन्त्री हुने भएकी छन् ।

सोसल डेमोक्रेटिक पार्टीबाट यातायात मन्त्री रहेकी मारिन प्रधानमन्त्री अन्टी रिन्नेले छोडेपछि नेतृत्वमा छनोट भएकी हुन् । ३४ वर्षीया सान्नाले यसै साता प्रधानमन्त्रीको शपथ लिने सम्भावना छ ।

उनले सेन्ट्रल लेफ्ट कोलिसनमा सामेल ५ पार्टीको नेतृत्व गर्दै छिन् । युक्रेनका प्रधानमन्त्री ओलेक्सी हाचारुक ३५ वर्षका छन् भने न्युजिल्यान्डकी प्रधानमन्त्री जाकिन्दा अर्डेनको उमेर ३९ वर्ष हो ।

प्रतिकृया दिनुहोस्