News Portal

नेकपा स्थायी कमिटी बैठक : प्रतिवेनमाथि १२ जनाको धारणा सकियो, बैठक अब भोली बस्ने

रातोपोस्ट संवाददाता
८४९ पटक

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आज बसेको स्थायी कमिटीको बैठकमा १२ जना वक्ताले  आफ्नो धारणा राखेका छन्।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा धुम्बाराहीमा बसेको  बैठकमा प्रतिवेदनमाथि योगेश भट्टराई, अष्टलक्ष्मी शाक्य तथा बामदेव गौतमलगायत १२ जनाले आफ्नो धारणा राखेका हुन् ।

आईतबार पार्टी अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि आजबाट छलफल सुरु भएको हो । आज धारणा राख्ने वक्ताहरुले २०७७ सालको अन्त्यमा पार्टीको महाधिवेशन गर्न सहमत भएको वैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

बैठक भोलि ११ वजे बस्ने गरी स्थगित भएको छ।

प्रतिकृया दिनुहोस्