News Portal

उपचारका लागि प्रचण्ड पत्नी सीता रामदेवको आश्रममा

रातोपोस्ट संवाददाता
५३२ पटक

काठमाण्डौ। नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाललाई उपचारका लागि भारतको हरिसिद्धिस्थित बाबा रामदेवको आश्रममा लगिएको छ ।

लामो समयदेखि अस्वस्थ सीतालाई आयुर्वेदिक पद्धतिमार्फत उपचारका लागि बाबा रामदेवको आश्रममा लगिएको उहाँकी छोरी गंगा दाहालले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ ।

पार्किन्सस जस्तो देखिने ‘पीएसपी’ भन्ने रोगबाट पीडित सीताको यसअघि अमेरिका लगायतका देशमा पुर्याएर उपचार गराइएको भए पनि रोग निको नभएपछि आयुर्वेदिक उपचार पद्धतिबाट उपचार गर्न रामदेवको आश्रम लगिएको हो ।

सीताको साथमा छोरी गंगाका साथै नेकपा नेता मातृका यादव र उहाँकी पत्नी हुनुहुन्छ ।

प्रतिकृया दिनुहोस्